default_image

4 years ago

January 10, 2021

बंगलादेशमा पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– धाविका पुष्पा भण्डारीले बंगलादेशमा भएको शेख मुजाहिदिन दक्षिण एसियाली म्याराथनको उपाधि जितेकी छिन् ।

बंगलादेशमा आइताबर भएको म्याराथनमा पुष्षले २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेकी एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । सो विधामा भारतीय खेलाडीले रजत र कास्य पदक जितेका थिए ।

पुष्पा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फकै रजत पदक विजेता हुन् । पुष्पाले गत महिना धारा नेपालगन्ज म्याराथनको हाफ म्याराथनमा स्वर्ण पदक विजेता हुन् ।

दक्षिण एसियाली म्याराथनको पुरुषतर्फ भने १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोटगी चौथो भएका छन् । त्यसमा भारतीय खेलाडीले स्वर्ण, रजत र कास्य पदक जितेका छन् ।

मुख्य प्रशिक्षक गुरुङका अनुसार किरणको पनि पदकको आशा गरिएको तर दौड सुरु भएको केहि समयै उनले खुट्टामा दुखाई महसुस गरेकोले सोचे जस्तो परिणाम आउन नसकेको बताएका छन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.