default_image

4 years ago

January 9, 2021

एपिएफसँग न्यू डायमण्ड पराजित

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि शनिबार पोखरामा एपिएफ र होंगान्जी न्यू डायमण्ड क्लबबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो ।

पोरखा रंगशाला परिसरको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा एपिएफ ३–२ ले विजयी भएको थियो । एपिएफ २५–२२,२५–१९,२६–२४,२७–२५, १५–९ ले विजयी भएको थियो ।
कोभिड १९ का कारण खेलकुद गतिविधि स्थगित हुनुअघि गत फागुनमा नेपालगन्जमा भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सेमिफाइनलमा एपिएफ र न्यू डायमण्ड भिडेका थिए । त्यसयता यी दुई टोली पहिलो पटक शनिबार कोर्टमा उत्रेका थिए ।

सोही खेलमार्फत झन्डै एक वर्षपछि न्यू डायमण्डकी प्रतिभा माली कोर्टमा उत्रेकी थिइन् । उनीसँगै सो टोलीबाट अरुणा पनि खेलेकी थिइन् । प्रतिभा गत माघमा काठमाडौंमा भएको क्लब च्याम्पियनसिपको फाइनलमा एपिएफविरुद्ध खेल्दा नै घाइते भएकी थिइन् । उनको बायाँ घुँडाको शल्यक्रिया र त्यसपछिको फिजियोथेरापीपछि प्रतिभा खेल्नका लागि तयार भएकी थिइन् ।

मैत्रीपूर्ण खेलअघि भएको पुरुषतर्फको भलिबलमा स्याङ्जाले उपाधि जितेको थियो । स्याङ्जाले पर्वतलाई २५–२०,२५–१८,२५–१८ को सोझो सेटमा हराएको थियो । अरुणालाई जिताउने अभियानका लागि पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र जिल्ला भलिबल संघले पुरुष भलिबल प्रतियोगिता र महिला मैत्रीपूर्ण खेल आयोजना गरेको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गर्ने अवार्डमा अरुणासहित पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी सम्बा रहेका छन् । मञ्चले विभन्न १० विधामा अवार्ड प्रदान गर्दैछ । केहि दिनअघि अन्य ४ विधा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र वर्षका उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.