4 years ago
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा अर्को साता सुरु हुने १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याकिङ ब्याडमिन्टन प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ ।
प्रतियोगिता पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार, लाहानमा हुँदैछ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने छन् । एक मात्र राष्ट्रिय ¥याकिङ ब्याडमिन्टन प्रतियोगिता ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले उपत्यका बाहिर आयोजना गर्दै जाने लक्ष्य रहेको संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । उनले गोलबजार ब्याडमिन्टन क्लबको सहयोगमा गोलबजार नगरपालिकाले खेलाडीको आवास, खाना र प्रतियोगिताको व्यवस्था गर्ने बताए ।
प्रतियोगितामा पुरुष एकलमा शीर्ष १६ स्थान तथा महिलातर्फ एकल शीर्ष १२ स्थानका खेलाडीले भाग लिनेछन् । पुरुषको शीर्ष १६ र महिला शीर्ष १२ बाहेकका एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू – १७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने बताइएको छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आबद्ध ४७ जिल्ला, तीन विभागिय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि झन्डै २ सय खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताको वरियता प्रतिस्पर्धामा सहभागी खेलाडीले सहभागिता भएबापत १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै पहिलो चरण लिगमा विजयी हुने खेलाडीहरुले प्रत्येक खेल वापत थप १ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
क्वाटरफाईनमा विजयी खेलाडीहरुले ८ हजार र सेमिफाइनलमा विजयी खेलाडीले १६ हजार रुपैयाँ प्राप्त गर्ने छन् । विजयी खेलाडीले थप २० हजार र उपविजेता खेलाडीहरुले थप ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै अन्य विधामा वरियतावाहेक प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीले नगद २० हजार, उपविजेताले १० हजार रुपैयाँ र शीर्ष चारमा पुग्नेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै छात्र तथा छात्रा यु – १७ का विजयीले १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले ४ हजार प्राप्त गर्नेछन् । झन्डै २० लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा नगद पुरस्कार तर्फ ५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले लामो समय देखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आईरहेको छ । त्यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]