4 years ago
January 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुरेश भुजेल र अनिशा गुरुङ क्रस दुवाथलन सिरिजमा विजयी भएका छन् ।
नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको प्रतिस्पर्धामा ३५ मिनेट ४० सेकेण्ड समयका साथ विजयी भएका थिए । त्यस्तै अनिशाले ४३ मिनेट ५४ सेकेण्डसाथ पहिलो स्थान प्राप्त गरेकी थिइन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका विजयी पुरुषतर्फका सुरेशले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
त्यस्तै महिलातर्फकी विजेता अनिशाले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।
टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरी सम्म २.५ किमी दौड, १० किमी साईक्लिङ्ग र १.५ किमी दौडको क्रस दुवाथलनको विजयी खेलाडीलाई टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार वितरण गरे ।
स्थानिय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण विश्वलाईनै अक्रान्त बनाईरहेको अवस्थामा स्थानिय व्यक्तिहरुलाई क्रियासिल बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्धेश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ मिनेट ०८ सेकेण्डका साथ दोस्रा र आइतसिंह तामाङ ३७ मिनेट १३ सेकेण्डका तेश्रो भए ।
यस्तै महिला तर्फ ४८ मिनेट ४३ सेकेण्डका साथ सुधा राई दोस्रो र ५२ मिनेट ३४ सेकेण्ड साथ युश्का महर्जन तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाईकको १ हजार ५ सय रुपैयाँ बराबरको साईकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाईकको तर्फबाट १ हजार रुपैयाँ बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।
टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन संघलाई धन्यवाद दिंदै आफु पनि खेल क्षेत्रबाटनै अगाडी बढेको भन्दै आगामी दिनमा संघ संगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।
‘हामीले स्थानिय स्तरमा युवाहरुलाई खेल प्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्धेश्यले सिरिजलाई महत्वका साथ अगाडी बढाएका हौं,’ संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले भने । प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते किर्तिपुरमा आयोजना हुने बताइएको छ ।
ट्राईयाथलन संघ र जम्प नेशनबीच सम्झौता
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनबीच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक बर्षको लागि भएको सम्झौतामा संघले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरुमा ईभेन्ट म्यानेजमेन्ट सम्बन्धि सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरि सम्झौता भएको हो ।
संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधी आशिष कुलले सम्झौता पत्र आदान प्रदान गरे । जम्प नेशन शारिरीक, मानसिक, भावनात्मक र आत्मियका साथ स्वस्थ समूदाय निर्माण गर्ने उद्धेश्यका साथ स्थापित संस्था हो । खेलजिवन मार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्धेश्य रहेको बताइएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]