4 years ago
January 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्ट्स अवार्ड २०७६ पावर्ड बाई एक्सन स्पोटर््स एचडीका लागि नेपाल खेलकुद पत्रकार मञ्चले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग सह–प्रायोजन सम्झौता गरेको हो ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरेका थिए । अवार्डको सह–प्रायोजकको रुपमा केल्मीले मञ्चलाई एक सय थान ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ सेट गिफ्ट ह्याम्पर उपलब्ध गराउने बताइएको छ । केल्मी नेपाल गत वर्षदेखि नै सह प्रायोजकका रुपमा अवार्डमा जोडिएको थियो ।
केल्मीका प्रबन्ध निर्देशक न्यौपानेले कोभिडको कठीन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग खेलकुदमा खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।
मञ्चका अध्यक्ष सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए ।अवार्ड पुस २८ गते सेमिभर्चुअल रुपमा आयोजना हुने जनाएको मञ्चले अवार्ड पाँचविधाको मनोनयन सार्वजनिक गरिसकेको छ । हरेक विधामा ५–५ जना मनोनयनमा परेका छन् ।
पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मन्डेकाजी छन् । पिपल्स च्वाइसको भोटिङका लागि ई–सेवासँगपनि सम्झौता यसअघि नै भइसकेको छ ।
त्यस्तै वर्षका पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।
त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । यस्तै, वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् । गौरिका, सुवास र मण्डेकाजी समान २ विधाको मनोनयमा परेका छन् ।
हंशराज हुलास चन्द एन्ड कम्पनी प्रालिको मुख्य प्रायोजना गरेको अवार्डको सह–प्रायोजनमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंगी होटल, होटल क्राउनप्लाजा, इमेजिङ रहेका छन् । अवार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जनाएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]