4 years ago
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्ड २०७६ को अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडीको मनोनयनमा पर्नेमा सबै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् ।
गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा टोलीलाई दिलाएको सफलताका आधारमा प्रशिक्षकको मनोनयन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले अर्को साता आयोजना गर्ने १७ औं संस्करणको अवार्डका लागि मंगलबार विभिन्न ४ विधा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । सबै विधामा समान ५ जनाको मनोनयन भएको छ ।
सागका चार स्वर्ण पदक विजेता पौडी गौरिका सिंह, दाहोरो स्वर्ण पदक विजेता गल्फका सवास तामाङ र कराते मण्डेकाजी श्रेष्ठ समान २ विधाको मनोनयमा परेका छन् । सुवास वर्षका उत्कृष्ट पुरुष र युवा विधाको मनोनयनमा परेका छन् । उत्कृष्ट महिलाको मनोनयनमा परेकी गौरिका र उत्कृष्ट पुरुषतर्फको मनोनयमा परेका मण्डे पिपुल्स च्वाईस अवार्डको मनोनयनमा यसअघि नै परेका थिए ।
मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्य खेलाडी छनोट समितिले सार्वजनिक गरेको मनोनयनमा बर्षका उत्कृष्ट पुरुष खेलाडीमा करातेका मण्डे, सुबाससँगै एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथु छन् ।
त्यस्तै उत्कृष्ट महिला खेलाडीमा गौरिकासहित, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, ट्रायथलनकी सोनी गुरुङ र करातेकी अनु अधिकारी छन् । बर्षका उत्कृष्ट युवा खेलाडीमा सुवासका साथ तेक्वान्दोकी सिना लिम्बु मादेन, तेक्वान्दोकै भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सञ्जु चौधरी मनोनयनमा छन् ।
आ आफ्नो खेलबाट टोलीलाई सफलता दिलाउने तेक्वान्दोका नवीन श्रेष्ठ, करातेका मदन उप्रेती, उसुका अमर कुमार थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापामगर वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।
गौरिका र मण्डेसँगै पिपुल्स च्वाइस विधाको मनोनयनमा भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका थिए । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट इ–सेवा मार्फत एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ मञ्चले जनाएको छ ।
अवार्ड पुस २८ गते ललितपुरको सातदोवाटो स्थित कराते हलमा सेमि भर्चुअल हुने घोषणा यसअघि नै मञ्चले गरिसकेको छ । मञ्चले विभिन्न १० विधामा अवार्ड दिनेछ । पल्सर स्पोर्ट्स अवार्डमा पिपुल्स च्वाइस, बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षकसँगै, पारा एथलिट, स्पेशल, लाइफटाइम एचिभमेन्ट , एकजना अन्तर्राष्ट्रिय खेल पत्रकारको घोषणा कार्यक्रमकै दिन हुने बताइएको छ ।
मञ्चका सचिव रेग्मी संयोजक रहेको खेलाडी छनोट समितिमा अन्जन खड्का, निरन्जन राजवंशी, प्रजित शाक्य, सुजन श्रेष्ठ, सुवास हुमागाईं, अनिल मल्लठकुरी, कुशल तिमल्सिना, गोविन्दराज नेपाल, निशान राई र मोती अमगाई सदस्य छन् । समितिले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शन तथा हात पारेको नतिजाको आधारमा मनोनयन गरिएको जनाएको छ ।
यस बर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को नाम राखिएको जनाएको छ । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ सहित गिफ्ट पाउनेछन् ।
अवार्डलाई हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा हुने कार्यक्रमको अन्य प्रायोजकहरूमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ नेपाल, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटि रहेको मञ्चले जनाएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]