default_image

4 years ago

January 4, 2021

राखेप कर्णाली सदस्य–सचिव नियुक्तिको लिखत पेश गर्न आदेश

131 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा लिखत पेश गर्न आदेश दिएको छ ।


सदस्य–सचिव नियुक्ति कानुन सम्मत नभएको भन्दै परेको उजुरी उपर सोमबार प्रदेश सरकारलाई नियुक्तिको सक्कल लिखत पेश गर्न उच्च अदालतले आदेश दिएको हो । नियुक्ति गर्न प्रदेश सरकारले गरेको निर्णयको अदालतले पुष २स गते सक्कल लिखत पेश गर्न आदेश दिएको छ ।

सदस्य सचिवको नियुक्ति कानुन सम्मत नभएको दाबी गर्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतविरुद्ध अन्तरिम आदेश माग गर्दै गत पुस १३ गते मुद्दा दायर गरेका थिए । सदस्य सचिवको दोस्रो नम्बरमा सिफारिसमा समेत रहेका गिरीले ऐनमा व्यवस्था भएअनुसार परिषद्मा नियुक्ति नभएको दाबी गर्दैै रिट दायर गरेका हुन् ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पुस ६ गते कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेको थियो । गत मंगलबार सुनुवाई गर्दै न्यायाधिश नहकुल सुवेदीको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।

गत पुस १५ गते सामाजिक विकास मन्त्री दल रावललले परिषद् कर्णाली प्रदेशको अध्यक्षका हैंसियतले सदस्य–सचिव सन्ज्याल लगायत उपाध्यक्ष र अन्य पदाधिकारीलाई सपथ ग्रहण समेत गराइसकेका छन् । खेलकुद क्षेत्रमा योग्यता नै नपुगेको व्यक्तिलाई पछि सिफारिस र नियुक्ति गरिनु कानुन सम्मत छैन’ एक अधिवक्ताले भने, ‘अदालतले सक्कल लिखत हेरी कानुन सम्मत योग्यता नपुगेको लागेमा बदर पनि हुन सक्छ ।’

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका सन्ज्याललाई परिषद्को सदस्य सचिव नियुक्त गरिएको बताइएको थियो । सदस्य–सचिवमा सन्ज्याल सिफारिसको दसौं नम्बरमा थिए ।

मुख्यमन्त्री शाहीले उनलाई पहिलो नम्बरमा सिफारिस गर्न दबाब दिएपछि फाइनल फिर्ता गरिएको बताइएको थियो । पछि उनलाई सन्ज्याललाई तेस्रो नम्बरमा सिफारिस गरिएपछि त्यसै आधारमा सदस्य सचिव नियुक्त गरिएको बताइएको थियो ।

सन्ज्याललाई सदस्य–सचिव सिफारिस गर्न मिल्ने नमिल्नेबारे आन्तरिक मामिला मन्त्रालयमा राय मागिएकोमा खेल क्षेत्रमा नभएपनि सिफारिस गर्न मिल्ने पत्र पाएपछि उनलाई मुख्यमन्त्रीकै दबाबमा सदस्य सचिव सिफारिस गरिएको बताइएको थियो । इन्जिनियर समेत रहेका सन्ज्याल यस अघि राष्ट्रिय खेलकुद परिषद्मा भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए ।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.