4 years ago
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कमल श्रेष्ठ र जितबहादुर बोटले दास्रो आइओएफटिसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
अमेरिकाको पोर्टल्यान्डमा सन् २०२० डिसेम्बर १० देखि २५ सम्म भएको च्याम्पियनसिपमा कमलले यू ४० र जितले यू ३० मा स्वर्ण पदक जितेका हुन् । कमल गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन् ।
जित च्याम्पियनसिपका पुरुषतर्फका उत्कृष्ट ब्ल्याक बेल्ट खेलाडी चुनिदा पुलिस टिम अनुशासित टोली घोषित भएको थियो । जितले १ सय ५० अमेरिकी डलर समेत प्राप्त गरेका छन् ।
त्यस्तै पुलिसकै लक्ष्मणबहादुर ऐर, प्रेमबहादुर लिम्बु, पार्वती गुरुङले रजत पदक जितेका छन् । लक्ष्मणले यू ५० मा, प्रेमले यू ३० मा, पार्वतीले यू ३० महिलामा दोस्रो स्थान हासिल गरेका हुन् । पार्वती १३ औं सागकी स्वर्ण पदक विजेता हुन् ।
अन्जन चौधरी, हस्तबहादुर तामाङ र निशा दर्नालले कास्य पदक जितेका छन् । अन्जन र हस्तले यू ३० र निशाले महिला यू ३० मा तेस्रो स्थान हासिल गरेका थिए । निशा १३ औं सागकी स्वर्ण पदक विजेता हुन् । प्रतियोगितामा सुरेन्द्रबहादुर महरा, सिता तामाङ र निर्मला विकेले पनि भाग लिएका थिए ।
पुलिसका खेलाडीको अन्तर्राष्ट्रिय अनलाईन पुम्से च्याम्पियनसिपमा १३ औं सहभागिता रहेको खेलाडी समेत रहेका प्रशिक्षक लक्ष्मणबहादुर ऐरले जानकारी दिए । सबै खेलाडीको पुम्से प्रदर्शनीको भिडियो खिचेर आयोजकले दिएको लिंकमा अपलोड गरिएको ऐरले बताए ।च्याम्पियनसिपमा २० देशका टोलीको सहभागिता रहेको बताइएको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]