4 years ago
January 1, 2021
काभ्रे (हाम्रो खेलकुद)– अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोडमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकको बिहीबारको औपचारिक उद्घाटन भएको छ ।
सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्रयाक निर्माण गरिएको छ । अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ मिटरको रहेको छ । हिमालयन मोटरल्यान्डले सन् २०२१ मा गर्ने च्याम्पियनसिपका बारेमा पनि सोही अवसरमा जानकारी गराएको थियो । आउने वर्षमा रेसमान्डु, क्रसमान्डु, अटो क्रस र्याली, रेसनारी, राष्ट्रिय कार्ट च्याम्पियनसिप र युथ कार्ट च्याम्पियनसिप आयोजना गर्ने बताइएको छ ।
सर्टिक सञ्चालनका दौरान रेसमान्डु, क्रसमान्डु, अटो क्रस र्याली, रेसनारी र गो कार्टको प्रदर्शनी खेल समेत राखिएको थियो । अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रर्दशन गरेका थिए । धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालालगायतले सर्टिकको उद्घाटन गरेका थिए ।
सोही अवसरमा मोटर साइक्लिङ र मोटर स्पोर्टसका ९ महिलासहित ४५ राष्ट्रिय खेलाडीलाई प्रमाण पत्र वितरण गरिएको थियो । नेपाल अटोमोबाईल संघ (नासा) ले पहिलो पटक राष्ट्रिय खेलाडीको मान्यता दिएको हो । नासा राखेपमा आबद्ध छ ।
सर्किटमा युवा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षण पनि सुरु गरिएको छ । व्यवसायिक मोटर स्पोर्टस र मोटर साइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सर्टिक सञ्चालनमा ल्याएको हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिए ।
मोटरल्यान्डका प्रबन्ध निर्देशक दिप्रश शाक्यले युवा खेलाडी उत्पादन गर्ने लक्ष्य रहेकोले सर्टिकमा सके सम्म कम मुल्यमा प्रशिक्षण लिने व्यवस्था मिलाइने बताए । राखेपका सदस्य एवंम् नासाका सल्लाहकार गोविन्द भट्टराईले मोर्टस् स्पोर्टसको विकास गर्न सके यसले देशको पर्यटन क्षेत्रमा ठूलो आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
धुलिखेलका मेयर बेन्जुले युवा खेलाडी उत्पादनको लक्ष्यका स्थापना भएको एकेडेमीका लागि वार्षिक १० लाख रुपैयाँ र हरेक वर्ष राष्ट्रिय च्याम्पियनसिप आयोजनाका लागि ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
उनले कम्तीमा मोर्टस् स्पोर्टसको विकासका लागि हरेक प्रदेशमा एउटा मोर्टस स्पोर्टस कोर्ष चाहिनेमा जोड दिदै नगरपालिका महासंघका अध्यक्ष समेत रहेका उनले आफू त्यसका लागि सहयोग गर्न तयार रहेको बताए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]