default_image

4 years ago

December 30, 2020

प्रदेश सदस्य सचिव नियुक्ति विवाद – कारण देखाउ आदेश जारी

118 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को हालै भएको सदस्य सचिव नियुक्तीको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गरेको छ।

सदस्य सचिवको नियुक्ति कानुन सम्मत नभएको दाबी गर्दै ऋषि गिरीले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतविरुद्ध सोमबार मुद्दा दायर गरेका थिए । न्यायाधिश नहकुल सुवेदीको एकल एजलासले कर्णाली प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको नाममा मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले पुस ६ गते कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेको थियो । मंगलबार सुनुवाई गर्दै न्यायाधिश सुवेदीले कारण देखाउ आदेश जारी गरेको हो । मुद्दा दायर गरेका गिरी र कर्णाली प्रदेशलाई पुस २० गते अन्तरिम आदेशका लागि छलफल गर्न बोलाइएको छ ।

सदस्य सचिवको दोस्रो नम्बरमा सिफारिसमा समेत रहेका गिरीले ऐनमा व्यवस्था भएअनुसार परिषद् नियुक्ति नभएको दाबी गर्दैै रिट दायर गरेका छन् । कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको थियो । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको थियो ।

परिषद्को पूर्णतासँगै नियुक्तिको विषयमा विवाद भएको थियो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफारिसमै नरहेका सन्ज्याललाई परिषद्को सदस्य सचिव नियुक्त गरिएको बताइएको थियो ।

सदस्य–सचिवमा सन्ज्याललाई सिफारिसको दसौं नम्बरमा थिए । मुख्यमन्त्री शाहीले उनलाई पहिलो नम्बरमा सिफारिस गर्न दबाब दिएपछि फाइल फिर्ता गरिएको बताइएको थियो । पछि उनलाई सन्ज्याललाई तेस्रो नम्बरमा सिफारिस गरिएपछि त्यसै आधारमा सदस्य सचिव नियुक्त गरिएको बताइएको थियो ।

सन्ज्याललाई सदस्य–सचिव सिफारिस गर्न मिल्ने नमिल्नेबारे आन्तरिक मामिला मन्त्रालयमा राय मागिएकोमा खेल क्षेत्रमा नभएपनि सिफारिस गर्न मिल्ने पत्र पाएपछि उनलाई मुख्यमन्त्रीकै दबाबमा सदस्य सचिव सिफारिस गरिएको बताइएको थियो । इन्जिनियर समेत रहेका सन्ज्याल यस अघि राष्ट्रिय खेलकुद परिषद्को भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए ।

परिषद्को उपाध्यक्षमा उपाध्यक्षमा मिड वेस्र्टन फिटनेश सेन्टरका प्रमोद हमाल लाई नियुक्त भएका थिए । त्यस्तै ५ सदस्यमा जुम्लाका एथलेटिक्स खेलाडी सरोज शाही, दैलेखका कराँते खेलाडी हेमा खड्का, हुम्लाका टक्कबहादुर शाही, सल्यानकी भुमाकुमारी बुढाथोकी र जागरकोटका मोहनराज घर्ती नियुक्त भएका थिए ।

९ सदस्य परिषद्को अध्यक्ष प्रदेशका सामाजिक विकास मन्त्री र सोही मन्त्रालयका सचिव परिषद्को सचिव रहने व्यवस्था ऐनमा छ ।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.