4 years ago
December 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्ष सुरु भएबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेताको प्रोत्साहन भत्ताका विषयमा युवा तथा खेलकुद मन्त्रालयले कार्यविधि तयार गर्ने भएको छ ।
नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेपछिको पहिलो निर्णयका रुपमा कार्यविधिको मस्यौदाका लागि मन्त्रालयका सह सचिव भक्तबहादुर ढकालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन् ।
प्रोत्साहन भत्तालाई व्यवस्थित गर्न र प्रणाली स्थापनाका लागि मस्यौदा तयार पार्न कार्यदल गठन गरिएको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । कार्यदललाई १५ दिन भित्र मस्र्यादा बुझाउन भनिएको छ । कार्यदलमा मन्त्रालयका लेखा, खेल प्रबर्दन शाखा, योजना शाखा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्का प्रतिनिधि रहेका सचिव थपलियाले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षसम्म मन्त्रालयले राखेपमार्फत ओलम्पियनलाई मासिक ४ हजार तथा एसियाली खेलकुदका कुनै पनि पदक विजेता र सागका स्वर्ण पदक विजेतालाई मासिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिदै आएको थियो । कार्यविधि विना राखेपले निर्णयका आधारमा भत्ता उपलब्ध गराउँदै आएको भन्दै मन्त्रालयले भत्ता रोकेको थियो ।
कार्यविधि बनेपछि कसरी प्रोत्साहन भत्ताको विषयमा मन्त्रालयको धारणा प्रष्ट आउने सचिव थपलियाले जानकारी दिए । तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई पद मुक्त गर्दै मंगलबार प्रधानमन्त्रीले लामालाई खेलकुद मन्त्री नियुक्त गरेका थिए । विश्वकर्मा २०७४ चैत २ गते मन्त्री नियुक्त भएका थिए । मन्त्रालयमा आइतबार लामाको स्वागत र विश्वकर्माको विदाईको कार्यक्रम राखिएको थियो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]