4 years ago
December 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर विस्तार गर्दा दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
यसअघिका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) पद मुक्त भएका छन् । विश्वकर्माको कार्यकालमा नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको थियो । विश्वकर्माकै कालमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएको थियो ।
सोही अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड गठन भएको थियो । राखेपको ७ सदस्यीय कार्यकारी समितिलाई पूर्णता दिन नपाउँदै विश्वकर्मा पद मुक्त भएका छन् । नवयुक्त खेलकुद मन्त्री सिन्धुपाल्चोकका हुन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]