10 years ago
August 9, 2015
ललितपुरको प्युटार गाविसका विभिन्न ३ वडाका भूकम्प पीडितलाई राहत स्वरुप जस्तापाता वितरण गरिएको छ ।
उक्त गाविसको वडा नं. ५, ७ र ९ का भूकम्प पीडितलाई जम्मा ३ लाख २५ हजार मूल्य बराबरको जस्तापाता वितरण गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जनाएका छन् ।
महर्जनको पहल र जर्मनकी पूर्व कराते खेलाडी एवं युरोपियन च्याम्पियन कात्जा क्रोबले त्यहााका कराते खेलाडीबाट जुटाएको सहयोगबाट जस्तापाता वितरण गरिएको बताइएको छ ।
महर्जन र क्रोबसहित आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी रवि महर्जनलगायतले पीडितलाई जस्तापाता हस्तान्तरण गरेका थिए ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।