4 years ago
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल केन्द्रीय सदस्य मनोनित भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसकेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा सिलवाल समेटिएका हुन् । प्रधानमन्त्री ओली निकटका सिलवालले केन्द्रीय सदस्यको मनोनयनबाट थप जिम्मेवारी महसुस भएको बताएका छन् ।
‘राजनीतिक विषय त छदै छ । मेरो मनोयनले खेलकुदका एजेन्डालाई अझै सशक्त ढंगले आवाज उठाउन सजियो हुने विश्वास गरेको छ, उनले भने,‘ मेरो मनोनयनलाई खेलकुद क्षेत्रको सम्मानको रुपमा लिएको छु ।’ उनले आजै सपथ समेत लिएको जानकारी दिए ।
नेकपाको आन्तरिक विवादले ५ वर्ष म्यान्डेड पाएको सरकारले पूरा अबधि काम गर्न नपाएको उल्लेख गर्दै सिलवालले पार्टीलाई पुरानै अवस्थामा पुर्याउन आफ्नो भूमिका रहने बताएका छन् । बैठकले आजै थपिएका केन्द्रयि सदस्यसहित १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजन समिति पनि बनाएको थियो । बैठकले २०७८ को मंसिर २ देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको थियो ।
आजै भएको माधवकुमार नेपाल र प्रचण्ड समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । सो समूहले नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ । ओलीकै चाहनामा सिलवाल गत ६ महिना अघि दोस्रो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।
गत वर्ष पहिलो पटक सदस्य सचिव नियुक्त भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिलवालसहित राखेपका पदाधिकारी सदस्यको नयाँ राष्ट्रिय खेलकुद ऐन लागू भएसँगै राखेप भंग भएको थियो ।
पछि खुला प्रतिस्पर्धाका आधारमा ३ जना सिफारिस भएपछि त्यसमध्येबाट सरकारले सिलवाललाई दोस्रो पटक सदस्य सचिव नियुक्त गरेको थियो । सिलवाल मदन भण्डारी स्पोर्टस एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेको सिलवाल नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष हुन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]