4 years ago
December 22, 2020
सुर्खेत (हाम्रो खेलकुद)– कर्णाली प्रदेश सरकारले ९ सदस्यीय प्रदेश खेलकुद परिषद्ले पूर्णता पाएको छ । सरकारले उपाध्यक्ष, सदस्य सचिव र ५ सदस्य नियुक्ती गरि ९ सदस्यीय परिषद्लाई सोमबार पूर्णता दिएको हो ।
परिषद् पूर्णतासँगै नियुक्तीको विषय विवादमा परेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दबाबमा सुरुमा सिफरिसमै नरहेका मित्रबन्धु सन्ज्याललाई परिषद्को सदस्य सचिवमा नियुक्ती गरिएको बताइएको छ ।
जुम्लाका म्याराथन धावक एवं चर्चित खेलाडी हरि रोका र भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा जिल्ला खेलकुद विकास समिति सुर्खेतका पूर्व अध्यक्ष चन्द्रकुमार गिरीलाई प्रदेश सरकारले सिफारिस समिति गठनगरेको थियो । समितिले एक वर्षअघि नै सदस्य सचिवको सिफारिस गरेपनि सरकारले सोमबार मात्र नियुक्ती गरेको हो ।
सदस्य–सचिवमा सन्ज्याललाई सिफारिसको दसौं नम्बरमा थिए । मुख्यमन्त्री शाहीले उनलाई पहिलो नम्बरमा सिफारिस गर्न दबाब दिएपछि फाइनल फिर्ता गरिएको बताइएको छ । पछि उनलाई सन्ज्याललाई पहिलो नम्बरमा सिफारिस गरिएपछि त्यसै आधारमा सदस्य सचिव नियुक्त गरिएको श्रोतले बतायो ।
सन्ज्याललाई सदस्य–सचिव सिफारिस गर्न मिल्ने नमिल्नेबारे आन्तरिक मामिला मन्त्रालयमा राय मागिएकोमा खेल क्षेत्रमा नभएपनि सिफारिस गर्न मिल्ने पत्र पाएपछि उनलाई मुख्यमन्त्रीकै दबाबमा सदस्य सचिव सिफारिस गरिएको बताइएको छ । इन्जिनियर समेत रहेका सन्ज्याल यस अघि राष्ट्रिय खेलकुद परिषद्मा भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए ।
श्रोतका अनुसार सुरुमा सदस्य–सचिवमा घनश्याम पाण्डे, रबिन्द्र चन्द र ऋषि गिरीको नाम समितिले सिफारिस गरेको थियो । उनीहरु नेकपाको पछिल्लो राजनीतिक टकरावका कारण सिफारिसमा नपरेको र मुख्यमन्त्रीले आफ्नो मान्छेलाई सिफारिस गरेको बताइएको छ ।
सिफारिस गरिएका मध्येका एकजनाले भने, ‘पछिल्लो समयमा मुख्यमन्त्रीले आफू निकटलाई छनोट गरे, त्यसैले यतिका समय पदाधिकारी नियुक्त गरिएको थिएन ।’ एक राष्ट्रिय खेलाडीले परिषद् सदस्य–सचिव नियुक्तिमा मुख्यमन्त्रीकै मान्छे परेको र अन्यलाई सिफारिसको नाटक मात्र गरिएको बताए । उनले भने, जिल्ला खेलकुद विकास समितिमा समेत राजनीति हावी हुने देखियो । यसरी प्रदेश र जिल्लाको खेलकुद विकास हुन सक्दैन ।’
परिषद्को उपाध्यक्षमा उपाध्यक्षमा मिड वेस्र्टन फिटनेश सेन्टरका प्रमोद हमाल लाई नियुक्त भएका छन् । त्यस्तै ५ सदस्यमा जुम्लाका एथलेटिक्स खेलाडी सरोज शाही, दैलेखका कराँते खेलाडी हेमा खड्का, हुम्लाका टक्कबहादुर शाही, सल्यानकी भुमाकुमारी बुढाथोकी र जागरकोटका मोहनराज घर्ती नियुक्त भएका छन् ।
९ सदस्य परिषद्को अध्यक्ष प्रदेशका सामाजिक विकास मन्त्री र सोही मन्त्रालयका सचिव परिषद्को सचिव रहने व्यवस्था ऐनमा छ ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]