default_image

4 years ago

December 17, 2020

महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने सम्भावना

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गत वर्ष दुई ठूला सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीले चीनमा आयोजना हुने एभिसी एसियन महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुन प्रक्रिया अघि बढाउने भएको छ । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो ।

नेपाल भलिबल संघ (एनभिए) को बुधबार बसकेको कार्यसमितिको बैठकले महिला टोलीलाई पठाउने निर्णय गरेको हो । ‘पछिल्लो वर्ष हामीले महिला भलिबलमा राम्रो प्रदर्शन गरेका छौं’, अध्यक्ष मनोरञ्जन शर्माले भने भने,‘ अब दक्षिण एसियाली भन्दा माथिल्लो स्तरमा पनि सहभागी गराउनु पर्दछ भन्ने उद्देश्यका साथ महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गरेका हौं ।

संघले निर्णय गरेपनि अब युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई जानकारी गराएर प्रशिक्षणको तयारी गरिने शर्माले जानकारी दिए । च्याम्पियनसिप अगष्ट २९ सेप्टेम्बर ५ सम्म चीनको जियाङमेनमा हुनेछ । त्यसका लागि अर्को महिनासम्म टोली दर्ता गरिसक्नु पर्ने प्रावधान रहेको छ ।

१६ टोलीको सहभागिता रहने च्याम्पियनसिपका लागि आयोजकसहित १० टोलीको छनोट भइसकेको छ । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् । चीन उक्त प्रतियोगितामा चौथो भएको थियषे । आयोजकले स्वत च्याम्पियनसिप खेल्न पाउने भएकाले त्यसको ठाँउमा हङकङलाई समावेश गरिएको जनाइएको छ ।

साविक विजेता जापान, उपविजेता थाइल्यान्ड, दक्षिण कोरिया, काजकस्तान, चाइनिज ताइपे, इरान, इन्डोनेसिया, भारत र अष्ट्रेलिया शीर्ष १० मा रहेको थिए । बाँकी ५ टोली बाट क्षेत्रिय छनोटबाट च्याम्पियनसिपमा पुग्नेछन् ।

नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् । अब बाँकी रहेका ११ टोलीमध्ये एक टोली सेन्ट्रेल जोनबाट च्याम्पियनसिपका लागि छनोट हुनेछन् । सहभागी हुन चाहाने टोलीमा एक मात्र भएको खण्डमा नेपाल सिधै छनोट हुनेछ । एक भन्दा बढी टोलीले सहभागिताका लागि नाम दर्ता गराएमा नेपालले छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।

पछिल्लो पटक सहभागिता जनाएको श्रीलंका नेपालमाथि वरियतामा माथि छ । त्यसैले छनोट प्रतियोगिता हुने सम्भावना बढी छ । एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन, वेस्ट जोन, साउथ इस्ट जोन र ओसियाना जोन रहेको छ ।

नेपालले गत वर्ष एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । त्यो प्रतियोगितामा भारत, श्रीलंका, इरान र काजकिस्तान सहभागी थिएनन् । नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । सागमा सेमिफाइनलमा श्रीलंकालाई हराएको नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

Success

Thank you for your time.