4 years ago
December 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ ।
कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्ड हलको सिलान्यास गरेका थिए ।
सिलान्यासका समयमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठलगायत क्लब पदाधिकारीको उपस्थिति थियो ।
कभर्ड हल निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए । वैशाख मध्यसम्ममा कभर्ड हल निर्माण सम्पन्न हुने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।
कोरोना संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि भने केन्द्रमा दैनिक प्रशिक्षण बन्दै हुँदै आएको छ । त्यसअघि बिहान साँझ गरि ५० देखि ६० महिला पुरुषले नियमित अभ्यास गर्दै आएका खड्काले बताए ।
२०५० सालबाट केन्द्रको औपचारिक उद्घाटन भएको थियो । कभर्ड हलको निर्माणले अब १२ महिना प्रशिक्षण गर्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने अध्यक्ष खड्काले बताए ।
‘भलिबलमा सिमित भौतिक पूवार्धार छन् । अब यो कभर्ड हल निर्माण भएपनि भलिबलका लागि थप सहज हुनेछ,’ खड्काले भने, ‘हाम्रो योजना स्वीकार गरि बजेट व्यवस्था गरिदिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिन चाहान्छौं ।’
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]