4 years ago
December 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ ।
कोरोना भाइरस कोभिड १९ का कारण यसपटक अवार्ड यसअघिको समय भन्दा निकै पछि हुन लागेको आयोजक नेपाल खेलकुद पत्रकार मन्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विगतमा विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को आसपासमा अवार्ड आयोजना हुने गर्दथ्यो ।
सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था रहेकोले मञ्चले पुस २८ गते अवार्ड भर्चुअल गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित कराते हलमा अवार्ड हुने मञ्चले जानकारी दिएको छ । अवार्डलाई विगतमा जस्तै हंसराज हुलास चन्द एन्ड गोल्छाको पल्सरले मुख्य प्रायोजन गर्नेछ । पल्सरले मन्चलाई २८ लाख रुपैयाँ भन्दा बढी बराबर नगद र जिन्सी उपलब्ध गराउनेछ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अघिल्लो वर्षझैं अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पु¥याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ ।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन् । यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी दिए ।
गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा नेपाली खेलाडीले एतिहासिक प्रदर्शन गरेका थिए । जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकका साथ २ सय ७ पदक जितेको थियो ।
पौडीकी गौरिका सिंह एक्लैले ४ स्वर्ण, तेक्वन्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक पदक जितेका थिए । यू २३ फुटबल टोलीले स्वर्ण पदक रक्षा गर्दा केहि खेलले पहिलो पटक स्वर्ण पदक जितेका थिए ।
स्वदेशमै दुई दशक आयोजना भएको आठौं सागमा जस्तै १३ औंमा पनि नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको थियो । यसपटकको अवार्डमा सागकै प्रदर्शनको वरिपरि घुम्ने निश्चित प्राय छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]