default_image

4 years ago

December 10, 2020

ब्याडमिन्टन सामान खरिदमा अनियमितता गर्नेलाई कारवाही हुने!

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को नेपाली ब्याडमिन्टन टोलीका लागि सामान खरिद गर्दा भएको अनियमिततामा दोषी उपर कारवाही हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

दोषीमाथि कारवही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को निर्देशन कुरिरहेको उल्लेख गर्दै सिलवालले १३ औं सागको हिसाब सार्वजनिक गर्ने कार्यक्रममा गत साता भनेका थिए, ‘छानविन समितिले तयार पारेको प्रतिवेदन अख्तियारले माग्यो । थप कारवाहीको लागि कुर्नुपर्ने भयो ।’

दोषी उपर कारवाही हुने प्रष्ट पार्दै सिलवालले भने,‘ आ आफ्नो हिसाबले ज जसले जेजे गर्नु भएको छ र प्रतिवेदनमा औंल्याए अनुसार कारवाही हुन्छ ।’

गत वर्ष स्वदेशमा आयोजना भएको सागको ब्याडमिन्टन टोलीको लागि सामान खरिदमा छानविन समितिले चार जनालाई दोषी देखाएको थियो । राखेपका सदस्य सदस्य गोविन्द भट्टराइको संयोजकत्वमा गठित छानविन समितिले २३ जनासँग लिएको बयानलाई आधार मान्दै चार जनालाइ दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो ।

जसमा राखेपका पूर्व कर्मचारी समेत रहेका नेपाल ब्याडमिन्टन संघका पूर्व उप महासचिव लवभक्त श्रेष्ठलाई मुख्य दोषी ठहर गरेको छ । त्यस्तै समितिले राखेपको भण्डार तथा आपूर्ति शाखाका तत्कालिन प्रमुख बज्रबहादुर केसी, १३औं साग सचिवालयका प्रमुख कमल खनाल, आर्थिक प्रशासन शाखाका प्रमुख ऋषिराम पोखरेललाई विभागिय जिम्मेवारी पूरा नगरेको भन्दै विभागिय कारवाहीका लागि सिफारिस गरेको छ ।

ब्याडमिन्टनका पूर्व उप महासचिव श्रेष्ठका हकमा भने समितिले ५ लाख ४० हजार रुपैयाँ असुल गर्न सिफारिस गरेको छ । श्रेष्ठले खेलाडीमाथि अन्याय गरेको निष्कर्ष निकाल्दै समितिले उनलाई ५ वर्षसम्म खेलकुदसम्बन्धी कुनै पनि संस्थामा रहन अयोग्य हुनेगरी कारवाही गर्न भनेको छ ।
समितिले सागमा सहभागी खेलाडीले जुत्ता नपाएको तर जुत्ता खरिदका लागि सो बराबरको रकम श्रेष्ठले बुझिलिएको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

योनेक्सको नेपालस्थित प्रतिनिधि समेत रहेका इनास इन्टरप्राइजेजका राजु बास्तोलालाई समेत २७ जोर जुत्ताको ५ हजारका दरले १ लाख ३५ हजार रुपैयाँ पठाएको भन्ने मेट ग्रुपका सुमन शर्माले श्रेष्ठमाथि आरोप लगाएका थिए । छानविनका क्रममा श्रेष्ठमाथिको त्यो आरोप पुष्टी भएको समितिले जनाएको छ । बयानमा बास्तोलाले विक्री नै नगरेको जुत्ता बापतको रकम श्रेष्ठले जानकारीबिना आफ्नो खातामा पठाएको समिति समक्ष बताएको प्रतिवेदनमा उल्लेख छ ।

श्रेष्ठले विना जानकारी बास्तोलाका खातामा जम्मा गरेको २ लाख १६ हजार रुपैयाँ जफत गर्ने तथा २७ जोर जुत्ताको १० हजारका दरले २ लाख ७० हजार थप जरिवानासहित रकम असुल्न समितिले राखेपलाई सिफारिस गरेको छ । सागमा आफूहरुले पाउने भनिएका सामान नपाएको भन्दै खेलाडीले राखेपमा लिखित उजुरी दिएका थिए ।

त्यस्तै ब्याडमिन्टन संघकै उपाध्यक्ष सुवास श्रेष्ठले पनि सागको सामान खरिदमा अनियमिता भएको आरोप लगाएपछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपलाई छानविन गर्न निर्देशन दिएका थिए । त्यसैका आधारमा राखेपले सदस्य भट्टराईको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको थियो । समितिले डेढ महिना लगाएर असोजमा प्रतिवेदन तयार पारेको थियो ।

भण्डार आपुर्ति शाखा प्रमुख केसीले आफ्नो पदीय दायित्व कुशलतापुर्वक सम्पन्न नगरेको र छानविनमा सहयोग नगरेको भन्दै उनलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको छ । केसीको जिम्मेवारी केहि अघि फेरबदल भइसकेको छ । जिम्मेवार पदमा रहेका कर्मचारीले सामान प्राप्त नगरेको अवस्थामा भण्डार दाखिला गरी भुक्तानीको सिफारिस गरेको देखिएकोले केसीबाट सो रकम बराबरको रकम र जरिवाना असुल उपर गर्न पनि समितिले राखेपलाई सिफारिस गरेको छ ।

लेखा प्रमुख पोखरेलको कामप्रति पनि समितिले असन्तुष्टी जनाएको छ । पोखरेल वार्ता समितिमा रहेका कारण नियन्त्रण र सन्तुलनको नीतिविपरित भएको देखिएको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सागका लागि सामान खरिद गर्न सदस्य सचिव सिलवालले पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिको काममा पनि समितिले प्रश्न उठाएको प्रतिवेदनमा देखिन्छ ।

त्यस्तै १३ औं साग सचिवालय प्रमुख खनालले पदीय मर्यादा एवं दायित्व पुरा नगरेको स्पष्ट देखिएको भन्दै समितिले उनलाई सो जिम्मेवारीबाट मुक्त गर्न समितिले सिफारिस गरेको छ । छानविन समितिले मेट ग्रुपलाई पनि कानुनी कारवाही गर्न सम्बन्धित निकायमा पत्रचार गर्नका लागि पनि राखेपलाई सिफारिस गरेको छ । समितिले प्रालिमा दर्ता भई मेटले प्रचलित कानुनअनुसार खरिद विक्री नभएको सामानमा समेत भ्याट बिल बनाई गैरकानुनी कार्य गरेका पाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.