default_image

4 years ago

December 2, 2020

अन्तर्राष्ट्रिय पावर लिफ्टिङमा ५ खेलाडीले प्रतिस्पर्धा गर्ने

51 views

0 Bookmark

मनोरञ्जन शर्मा, भैरहवा

भारतको नागपुरमा हुने पावर लिफ्टिङको अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिन ५ खेलाडीको नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

नागपुरको मंसिर १८ देखि २२ गते सम्म हुने प्रतियोगितामा १ महिला र ४ पुरुष गरि ५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता एमेच्योर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाको आयोजना सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा महिला तर्फ ५५ केजी तौल समूहमा सुर्खेतकी श्रुती कार्कीले ,पुरुष खेलाडीतर्फ कास्कीका सुजन आलेमगरले ७५ केजी, स्याङ्जाका हसन गुरुङले ८० केजी, भक्तपुरका राजेश सुवाल ९० केजी र कास्कीका आशिष आलेले सय केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

एसिया पावर लिफ्टिङ फेडेरेसन का उपाध्यक्ष जीवन गिरि र अन्तर्राष्ट्रिय पावर लिफ्टिङ संघका उपाध्यक्ष केदारमान स्थापित पनि टोलीसँगै भारत प्रस्थान गरेका छन् । टोलीका नेता समेत रहेका स्थापितले विभिन्न जिल्लामा आन्तरिक रुपमा छनोट गरि पहिलो पटक प्रतियोगितामा सहभागी गराउन लागेको बताए ।

कोरोना संक्रमण र जोखिमकाबीचमा पनि नियमित प्रशिक्षण भइरहेको र पदकको अपेक्षा गरिएको टोलीका प्रशिक्षक समेत रहेका गिरिले बताए । भैरहवा भंसार कार्यालयका कार्यबाहक प्रमुख बलराम भण्डारी, जापान गोजूरियो कराते डोका अध्यक्ष काजी राना, शारीरिक सुगठन तथा फिटनेस संघका केन्द्रीय सदस्य शिवध्वज राई देवान, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, फिटनेस तथा जिम व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विजेन्द्रमान श्रेष्ठलगायतले टोलीलाई विदाई गरेका थिए ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.