default_image

4 years ago

November 26, 2020

दीपक आइसोलेसनमा, आयशा कोरोना मुक्त

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन एवंम् दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी पदक विजेता दीपक विष्ट कोरोना संक्रमण पुष्टी भएयता होम आइसोलेसनमा बसेका छन् । उनकी पत्नी १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य भने कोरोना संक्रमणबाट मुक्त भइसकेकी छिन् ।

दुवैलाई कोरोना संक्रमण पुष्टी भएबाट होम आइसोलेसनमा बसेका हुन् । आफूलाई मंसिर ३ र आयशालाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टी भएको दीपकले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । आशयाको दोस्रो परिक्षण बुधबार नेगेटिभ आएको दीपकले बताए ।

त्यसअघि दीपकका बाबु, आमा, भाई बुहारीलाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु चारै जना भने कोरोना मुक्त भइसकेका छन् । आफूलाई लक्षणसहित र आयशालाई भने लक्षण विना संक्रमण भएको जनाउँदै दीपकले भने, हामीलाई संक्रमण हुन सक्ने शंका लागेपछि बच्चाहरुलाई मामाघरमा पठायौं र हामी आइसोलेसनमा बस्यौं ।’ उनीहरुका ८ र ३ वर्षका २ छोरा छन् ।

‘घरमा बुबाआमा, भाई बुहारीलाई पनि कारोना संक्रमण भएकोले हामीलाई पनि हुन सक्छ भन्ने शंका थियो । लक्ष्मी पुजाको दिनबाट मलाई अलिक गाह्रो भएको थियो,’ दीपकले भने, ‘शरीरको पछिल्लो भागमा दुःखाई हुने, भित्र ज्वारो आउने, खाना रुची नहुने भएपछि शंका लागेर परिक्षण गर्दा कोरोना पोजेटिभ देखायो ।आयशालाई लक्षण नभएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।’

दीपकले आफुलाई अहिले लक्षण नदेखिएको र आइतबार दोस्रो परिक्षण गर्ने जानकारी दिए ।
आयशा र दीपकको जोडीले कोरोना संक्रमणका कारण सरकारले चैत ११ मा लकडाउन गरेपछि आर्थिक संकटमा परेका भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त गरि झन्डै २ सयलाई मानव सेवा आश्रमको भक्तपुर कौशलटारस्थित प्रदेश ३ को कार्यलयसँगको सहकार्यमा खाना खुवाएका थिए ।

त्यसअघि उनीहरुले कीर्तिपुरको नगाँउका ३५ दृष्टिविहिनलाई र अनाथ ५५ बालबालिकाले आश्रय लिइरहेका बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका थिए ।

दीपक र आयशाले दसौं सागमा सँगै स्वर्ण पदक जितेका थिए । त्यस्तै एसियाली खेलकुदमा पनि उनीहरुले कास्य पदक जितेका थिए । छनोट चरण पार्दै गर्दै २००८ को ओलम्पिक खेलेका दीपकले सागमा ४ वटा स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.