default_image

8 years ago

September 17, 2016

दश लाख पुरस्कार राशी भएको फुटसल असोज १०बाट

140 views

0 Bookmark

नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अशोक थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए।

Futsal League

एएमए इभेन्टको आयोजनामा हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विवेक गौतमले सम्मेलनमा जानकारी दिए । उपत्यकाभित्रका १६ फुटसलको सहभागिता रहने प्रतियोगिता होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गर्रिको छ । समूह एमा आदर्श फुटसल, बानेश्वर रिक्रियसन सेन्टर, बिजी ब्रदर्स, चउर रिक्रियसन सेन्टर, ढुकु फुटसल हव, हरिसिद्धि फुटसल, हाइवे फुटसल र इम्पोरियल फुटसल रहेका छन् । त्यस्तै समूह वीमा किकअफ फुटसल, कीर्तिपुर फुटसल, कुमारी फुटसल, रजनी फुटसल, सामाखुसी फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र ह्वाइटहर्स फुटसलले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा १२ जना खेलाडी, एक कोच र एक म्यानेजर रहनेछन् । प्रत्येक टिमले १४ खेल खेल्ने छन् । जसमा ७ खेल आफ्नो मैदान र ७ खेल अवे मैदानमा खेल्ने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँ पुरस्कार पाउने छन् भने उपविजेताले नगद ५ लाख प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरले ५० हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन खेल चउर रिक्रियसन सेन्टर र रजनी फुटसलवीच हुनेछ । त्यसपछि हरेक दिन कम्तीमा दुई खेल सञ्चालन हुने प्रतियोगिता संयोजक गौतमले जानकारी दिए । दशैं र तिहारको बिचमा भने प्रतियोगिता स्थगित हुनेछ । दशैंमा घटस्थापनादेखि असोज ३० गतेसम्म र तिहारमा लक्ष्मी पूजादेखि छठसम्म प्रतियोगिता स्थगित हुने गौतमले पत्रकार सम्मेलनमा बताए ।

रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितामा फग बडी स्प्रे सहप्रायोजक रहेको छ । त्यसैगरी मेडिकल सपोर्टमा इजि केयर प्रालि, फ्याब्रिक प्रायोजकमा इलान्टेड वेयर र एजुकेशनल सर्भिसमा वियोड बाउन्ड्रिज रहेको छ । पत्रकार सम्मेलनमा आर्थिक संयोजक सौरभ केसी, फुटबलका चर्चित खेलाडी उपेन्द्रमान सिंह, हरि खड्कालगायतको उपस्थिति रहेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.