default_image

4 years ago

November 21, 2020

नेपालगन्जमा पुष्पालाई हाफ म्याराथन उपाधि

86 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले छैटौं धारा नेपालगन्ज म्याराथनतर्फ महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् ।

पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी मन्जु रावतले प्राप्त गरिन् । जुम्लाकी धाविका मन्जुले १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दुरी पुरा गर्दै १५ हजार रुपैयाँ जितिन् ।

लुम्बिनी प्रदेशकि शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरिन् । दाङकी शर्मिलाले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरेकी हुन् । उनले १० हजार रुपैयाँ पाउने छिन् ।

चौथो स्थानमा सुदूरपश्चिमकी सकुन्तला ठगुन्नाले १ घण्टा ४२ मिनेट ६ सेकेन्डको समय निकालिन् । लुम्बिनीकै अनिशा चौधरी पाँचौ तथा कलपना चौधरी छैटौं भए । अनिशाले १ घण्टा ४२ मिनेट २२ सेकेन्ड तथा कल्पना ३० सेकेन्डले पछि परिन् । चौथोलाई ७, पाँचौंलाई ६ र छैटौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै पुरुष म्याराथनतर्फ २५ धावकले प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषतर्फ विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । म्याराथनको विजेताले गत वर्षको तुलनामा २० हजार रुपैयाँ पुरस्कार बढी पाउनेछन् ।

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.