4 years ago
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) –खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक ब्रान्ड केल्मीको नेपालमा एघारौं आउटलेट नारायणघाटमा खुलेको छ ।
केल्मीका उत्पादन नारायणघाटको बिग बजारस्थित स्मार्ट स्टालिस्टले बुधबारबाट औपचारिक रुपमा विक्री सुरु गरेको हो । सामान किन्दा ब्रान्डमा सचेनता देखिएको र केल्मीको माग देखिएकोले विक्री सुरु गरिएको स्मार्ट स्टालिस्टका प्रोपाइटर सन्तोष पण्डितले बताए ।
स्पेनिस स्पोर्टस ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक विक्रेताका रुपमा कामारुले रहेको छ । कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानले नेपालमा नम्बर एक ब्रान्ड बन्ने लक्ष्यका साथ अघि बढ्ने क्रममा विभिन्न शहरमा सहकार्य भइरहेको बताएका छन् ।
केल्मीको आउटलेट दरबारमार्ग, दमक, बौद्ध, धरान, पोखरा, सुर्खेत, नायारणघाट, नक्साल, लमजुङ, जावलखेलमा सञ्चालनमा छन् । आउटलेटमा यसअघि फुटबलका अधिकांश खेल सामाग्री र पोशाक पाइन्थ्यो भने अब भलिबल र बास्केटबलको पनि पाइने न्यौपानेले जानकारी दिए । उनका अनुसार केल्मीले सबै उमेर महिला पुरुषलाई क्याजुअल वेयर पनि ल्याएको छ ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]