4 years ago
November 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएनआइपिएले स्पोर्टस अवार्डमा स्काई ब्रान्ड नेपाल पनि जोडिएको छ ।
अवार्डमा यसपटकबाट थप गरिने राइजिङ प्लेयर अफ दि इयर अवार्डलाई स्काई ब्रान्ड नेपालले प्रायोजन गर्ने भएको छ । एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । त्यसको पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।
स्काई ब्रान्डकाअध्यक्ष मनोजकुमार श्रेष्ठ र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राइजिङ प्लेयर अवार्डका लागि स्काई ब्रान्ड नेपालले एनएनआइपिएलाई बार्षिक १ लाख रुपैयाँ उपलब्ध गराउनेछ जानकारी दिएको छ । स्काई ब्रान्ड नेपाल र एनएनआइपिएबीचको सम्झौता ५ वर्षको रहनेछ ।
एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार जनता बैंकले प्रायोजन गर्दै आएको छ । त्यस्तै प्रतिभावान महिला र पुरुष खेलाडीका लागि समान ५० हजार रुपैयाँ एभरेष्ट तेक्वान्दोले प्रायोजन गर्दै आएको छ ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मा गर्दै आएको छ । ती उत्कृष्ट खेलाडीले सम्बन्धित संघ र एनएनआइपिएको सहकार्यमा समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सोही अवार्ड समारोहमा १ जनालाई खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेलकुद पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिताबाट पुरस्कृत प्रदान गरिनेछ । यसपटकको अवार्ड आयोजनाका बारेमा बारेमा केहि साता पछि जानकारी गराइने एनएनआइपिएका अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिए ।
सोही अवसरमा थापाथलीस्थित ब्लू बर्ड मलमा स्काई ब्रान्ड नेपालको तेस्रो आउटलेटको सुरुवात भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता करातेकी अनु अधिकारी, उसुकी निमा घर्ती मगर, रजत पदक विजेता टोली भलिबलकी रेश्मा भण्डारी, रजत पदक विजेता फुटबलकी अनिता बस्नेत र ब्याडमिन्टनकी रसिला महर्जनले स्काई ब्रान्डको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]