4 years ago
November 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना महामारीका कारण झन्डै आठ महिनायता ठप्प रहेको खेल गतिविधि सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
मन्त्रीपरिषदको गत सोमबारको बैठकले अनुसार स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना हुने गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागिताका लागि प्रशिक्षण लगायतका तयारीका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माका अनुसार ओलम्पिक छनोटमा परेका खेलहरुको प्रशिक्षणका साथै फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन र मैत्रीपूर्ण खेलहरु आयोजना गर्नका लागि अब कुनै बाधा छैन । तर, सरकारले तोकेको स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्ड पालना भने गर्नुपर्नेछ ।
त्यस्तै कोरोना महामारीका कारण स्थगित भएका फुटबलको विभिन्न डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न पनि सरकारले अनुमति दिएको छ । सरकारले लकडाउन शुरु गर्नुअघि फुटबलको बी र सी डिभिजनका साथै प्रदेश लिग र महिलाको राष्ट्रिय लिग तयारी चलिरहेको थियो ।
कारोनाका कारण नेपालमा आयोजना हुन तय विश्व कप छनोट फुटबलसहित सबै खेलकुद प्रतियोगिता स्थगित भएको थियो । औपचारिक प्रशिक्षण पूर्ण रुपमा बन्द भएका थिए । त्यसमा केहि अपवादका रुपमा भने प्रशिक्षण सुरु गरिएको थियो ।
ओलम्पिक छनोटको तयारीका लागि करातेले प्रशिक्षण सुरु गरेको थियो । सरकारकै स्वीकृतिमा राष्ट्रिय फुटबल टोली प्रशिक्षण सुरु भएको थियो । अहिले फुटबल टोली दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ ।
प्रशिक्षण स्थगित हुँदा फिटनेसमा समस्या हुनाका साथै मानसिकतामा पनि असर भइरहेको खेलाडीले आवाज उठाइरहेका थिए । त्यस्तै सरकारले विभिन्न संघमार्फत् आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण लगायतको तयारी थाल्न पनि अनुमति दिएको छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]