9 years ago
September 13, 2016
भदौ २८ अजरबैजान
अजरबैजानको बाकुमा जारी ४२ अौं चेस अोलम्पियादमा दशौ चरणको खेलमा जीत हात पारे पछि सुजना लोहनी नेपालको पहिलो महिला फीडे मास्टर भएकी छिन् । अजरबैजानको बाकुमा जारी ४२ औ चेस ओलम्पियाडमा अाठौं खेलमा आबस्यक पर्ने ६ अंक अाठ खेलमा पुरा गरेकी सुजनाले दशौं चरणको खेलमा लससोथोकि मनेउली पराजि गरेका थिए।अन्तिम चरणमा अरुवाको ज्याकोब्स अनालाइकेसंग प्रतिस्पर्धा गर्दै छिन् ।
लोहनीले प्रतियोगितामा छ जित र दुई हार ब्यहोरेका थिए। सो खेलमा नेपाल २.५–१.५ ले विजयी भयो । नेपालकी सिन्दरा जोशीले जित हात पारेको खेलमा मोनालीसा खुम्बुको बराबरी भयो ।यसै गरी, शान्ता थापा पराजित भइन् । ग्रीनल्यान्ड स्कुलकी उत्पादन सुजनाका प्रशिक्षक मनीष हमाल आठ बर्ष अघि जर्मनीमा भएको ओलम्यिाडमा सफलता पाउदै नेपालको पहिलो फीडे मास्टर भएका थिए । चेस खेललाई प्राथमिकता दिएको ग्रीनल्यान्ड स्कुलले सोही समयमा उत्तम राज थापालाई प्रशिक्षकको रुपमा राखेको थियो । थापा पछि मनीषले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । नर्वेमा भएको ४१ अौं चेस अोलम्पियादमा सुरुची थिङले पहिलो सि एमको उपाधि पाएका थिए।
बाकु ओलम्पिायडको १० औ चरणमै खुला तर्फ नेपाल चाइनीज ताइपेइसंग ३–१ ले पराजित भयो । रेटिङ्गको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको चाइनीजताइपेइसंगको खेलमा नेपालका क्षितिज भण्डारी र सजिन मर्हजनको बराबरी भयो भने केशब श्रेष्ठ र निरज निरौला पराजित भए । एघारौं चरणमा पुरष टिमले इराक र महिला टिमले अरुबासंग खेल्ने छन्।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]