4 years ago
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बु ब्याडमिन्टन संघ र स्वर्णिम सारथी संस्था सोलुखुम्बुले संयुक्त रुपमा आयोजना गरेको ब्याडमिन्टनको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।
१३ जना महिलाको सहभागितामा १५ दिन सम्म चलेको तालिमलाई प्रशिक्षकद्वय पेम्बा शेर्पा र अर्जुन श्रेष्ठले सञ्चालन गरेका थिए । समापनका अवसरमा प्रशिक्षकद्वय शेर्पा र श्रेष्ठले प्रशिक्षार्थीहरुको उज्जवल भविष्यको कामना गरे ।
सोलुखुम्बु ब्याडमिन्टन संघका अध्यक्ष राजकुमार गुरुङले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई धन्यवाद दिए । उनले भविष्यमा पनि यस्ता तालिम जिल्ला संघले आयोजना गर्दै जाने बताए ।
यसैबीच, तालिमको अन्तिम दिन भएको महिला युगल ब्याडमिन्टन प्रतियोगिताको उपाधि माया राई र मिङमार डोमा शेर्पाको जोडीले जितेको थियो । उनीहरुको जोडीले फाइनलमा माया शेर्पा र प्रतिभा राईको जोडीलाई हराएको थियो ।
मेमकुमारी राजभण्डारी र सबिना राई तथा गंगा राई र अनिता तामाङको जोडी तेस्रो भएको थियो । विजेतादेखि तेस्रो हुने जोडीले नगद पुरस्कार प्राप्त गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]