4 years ago
October 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रिय भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र दुर्गा महतो गृह जिल्लामा सम्मानित भएका छन् । नवलपुर जिल्ला भलिबल संघले बुधबार मानबहादुर र दुर्गालाई नगद सहित सम्मान गरेको हो ।
राष्ट्रिय भलिबल टोलीमा रहि देशको भलिबल विकासमा योगदान पुर्याएकोमा उनीहरुलाई सम्मान गरिएको हो । समान ५ हजार ५ सय रुपैयाँसहित नवलपुर जिल्ला भलिबल संघका अध्यक्ष तिलबहादुर खण्डलुक मगरलगायतले संयुक्त रुपमा सम्मान गरिएका थिए ।
४ वर्षअघि नेपाली राष्ट्रिय पुरुष टोलीले माल्दिभ्समा एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्दा मानबहादुर र दुर्गा दुवै टोलीका सदस्य थिए । ४ दशक लामो अन्तर्राष्ट्रिय भलिबल यात्रामा नेपालको पुरुष टोलीले जितेको त्यो पहिलो पदक थियो ।
मानबहादुर र दुर्गाले इन्डोनेसियामा भएको एसियाली खेलकुदमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मानबहादुरले बीच भलिबलमार्फत देशको प्रतिनिधित्व गरेका थिए । कावासोती नगरपालिका – ३ का दुवै नेपाली सेनाका खेलाडी हुन् ।
यसैबीच, नवलपुर जिल्ला भलिबल संघले मानबहादुर र दुर्गालाई मासिक २ हजार रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको छ । मानबहादुरका अनुसार यम प्रसाद श्रेष्ठले जिल्ला संघमार्फत उनीहरुलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने सम्मान कार्यक्रममा घोषणा भएको थियो ।
भविष्यमा राष्ट्रिय टोलीमा पर्ने अन्य खेलाडीलाई पनि मासिक रुपमा प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइने घोषणा पनि गरिएको थियो ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]