4 years ago
October 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ११ बोर्ड सदस्यले सोमबार शपथ ग्रहण लिएका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले त्रिपुरेश्वरस्थित राखेपमा बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
मन्त्रीपरिषद्को असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई र सुमित्रा चौधरीलाई बोर्ड सदस्यमा नियुक्त गरेको थियो ।
त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनित गरेका थिए । राखेप बोर्ड ३७ सदस्यीय रहनेछ । यसअघि राखेप उपाध्यक्ष, सदस्य सचिव र ६ सदस्य नियुक्त भएका थिए । बाँकी सदस्य विभिन्न निकायबाट पदेन रहनेछन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरु कुनै न कुनै भूमिकामा खेल क्षेत्रसंग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न उहाँहरुको योगदान महत्वपूर्ण हुने बताए ।
राखेपमा अब ७ सदस्यीय कार्यकारी समितिले पुर्णता पाउँन बाँकी छ । जसमा ७ जना रहने व्यवस्था छ । समितिमा सदस्य सचिव संयोजक र राखेपका विभागिय प्रशासन विभाग प्रमुख सचिव रहने व्यवस्था छ ।
मन्त्रालयका खेलकुद शाखाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ । अब २ महिला र २ पुरुषको कार्यकारी समितिमा नियुक्ती हुनेछ । बोर्ड सदस्यमध्येबाट मन्त्रीले १ महिला र १ पुरुष तथा बोर्डले १ महिला तथा एक पुरुष मनोनित गर्ने व्यवस्था छ ।
उद्घाटनका अवसरमा डिएन घिसिङद्वारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए । शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाललगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरुसंग छलफल गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]