4 years ago
October 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय ब्याडमिन्टन खेलाडी सिता राईको बायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । ट्रमा सेन्टरमा डक्टर सरोज राईसहितको टोलीले बिहीबार उनको घुँडाको शल्यक्रिया गरेको हो ।
असोज ८ गते प्रशिक्षण दौरान लडेर उनको घुँडामा चोट लागेको थियो । चोट लागेको तीन सातापछि शल्यक्रिया भएको हो । घुँडाको एसिएल टियर भएको थियो ।
शल्यक्रियासहित उपचारमा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सिताले बताइन् । अझै एक साता उनी अस्पतालमा रहने बताइएको छ । गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलुकद (साग) सिता सम्मिलित टोलीले टिम इभेन्ट्समा कास्य पदक जितेको थियो ।
यसैबीच, नेपाल ब्याडमिन्टन संघले उनको उपचारको सहयोगको लागि शुक्रबार आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले अस्पताल पुगेर सितालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]