4 years ago
October 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाँच पटकका राष्ट्रिय च्याम्पियन पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
मरु गणेशस्थित शर्मा निवासमै पुगेर श्रेष्ठले बुधबार चेक हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए ।
२०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्माले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए ।
संघका सदस्य श्रेष्ठले शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए । ‘उहाँको उपचारका लागि हामीले साथीभाइसँग समन्वय गरिरहेका छौं’, उनले भने, ‘देश तथा विदेशबाट सहयोग संकलन भएपछि फेरि उहाँलाई हस्तान्तरण गर्ने छौं ।’
श्रेष्ठले यसअघि पनि अप्ठेरोमा परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन् । केही महिना अघि निजी खर्चमा १३ औं दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडीसँगै प्रशिक्षक र रेफ्रीजर्जको कोरोना बीमा गरिदिएका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]