default_image

4 years ago

October 1, 2020

आश्रमलाई पुलिस क्लबको सहयोग

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन क्लब नेपाल पुलिस क्लबले टुहुरा तथा असहाय बालबालिकालाई आश्रय दिइरहेको स्नेहा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कलाकार शंकर शुलेमान (ईकु) संस्थापक सदस्य रहेको स्नेहा आश्रमलाई पुलिस टोलीले सहयोग गरेको हो ।

क्लबका प्रशिक्षक अनन्त राज थापाको नेतृत्वमा गएको टोलीले काठमाडौंका मुलपानीमा रहेको आश्रममा पुगेर सहयोग गरेको थियो ।
केहि महिना अघि एएफसी ए लाईसेन्स उत्तिर्ण गरेका प्रशिक्षक थापाले असहाय तथा टुहुरा बालबालिकालाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए । ‘हामी फुटबलमा छौं शुलेमान जी कलाकारीतामा हुनुहन्छ । उहाँद्वारा सञ्चालित भएको आश्रममा सहयोग गर्न पाउँदा खुसी छौं ।’ प्रशिक्षक थापाले भने ।

थापाको प्रशिक्षणमा पुलिसले गत सिजन ए डिभिजन लिगमा पाँचौं छैटौं स्थान हासिल गरेको थियो । प्रशिक्षक थाापासँगै गोलरक्षक प्रशिक्षक संजिब जोशीले आश्रमका संस्थापक सदस्य शुलेमानलाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।

टोलीका कप्तान हेम तामाङ, निर कुमार राई, मान बहादुर परियार र शत्रुधन चौधरी पनि आश्रम पुगेका थिए । दुई दशक देखि कलाकारितामा आबद्ध इकुले २०७२ को भूकम्पपछि आश्रम सञ्चाल गरेका थिए । आश्रममा १४ बालबालिका रहेका छन्

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

January 27, 2025

मोना अस्ट्रेलियालाई दोहोरो भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]

January 25, 2025

गोर्खा कप भलिबलको तयारी पूरा

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]

Success

Thank you for your time.