4 years ago
September 30, 2020
विजय नेपाली
पोखरा – गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित गरेको छ । बुधवार बसेको प्रदेशको ५७ औ बैठकले खेलकुद विधेयक पारित गरेको हो ।
बैठक बस्नु अघि विधायन समितिमा छलफल समेत गरेको थियो । बैठकमा विधेयकका दफाहरुमाथी छलफल समेत गरिएको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संघ नबाझिने गरि प्रदेश सभावाट सामान्य संसोधन सहित पारित गरिएको छ । खेलकुद ऐन २०७७ असार १८ गते कार्यान्वयनमा आएको थियो ।
६ सदस्यीय बोर्ड समिति र २५ सदस्यीय प्रदेश खेलकुद परिषद् गठन हुनेछ । ‘विधेयकमा उल्लेख गरिएको सबै जस्ताको तस्तै छन, परिषद् सदस्य संख्या मात्र बढाइएको छ’ सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन् । विधेयक पास गर्न एकसाता अघि मात्रै सदनमा प्रस्ताव लगिएको थियो ।
सदनले बुदाँगत छलफल गरी ल्याउन विधायन समितिलाई पठाएको थियो । विधायन समितिले बुदाँगत छलफल गरेर सामाजिक विकास मन्त्री पुनले ५७ औं प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिईन् । बैठकमा बुदाँगत छलफलको लागि समय छुट्टाएको थियो । विधेयकमाथि छलफल भएपछि प्रदेश सभाको बहुमतले पास गरिएको घोषणा गरिएको थियो । प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।
विधेयक पारित भए सँगै प्रमाणिकरणका लागी करिव २ साताको समय लाग्ने मन्त्री पुनले बताइन् । ‘संघीयताले सोचे अनुरुप खेलकुदको विकास हुन सकेको छैन’ मन्त्री पुनले सदनमा बोल्दै भनिन्–‘अब ऐन पछि जिल्ला र प्रदेशमा खेलकुद समिति गठन गर्ने छौं । समितिले प्रभावकारी काम गर्नेमा प्रदेश सरकार विश्वस्त छ । मनोनित गर्नेमा महिलालाई प्राथमिकतामा राखिएको छ’ मन्त्री पुनले भनिन् ।
प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई स्नातक तह उत्तीर्ण गरेको व्यक्ति मात्रै योग्य ठहर्याउने व्यवस्था गरेको छ । शैक्षिक योग्यता नपुगेका तर खेलकुद क्षेत्रमा लामो समय योगदान गरेको व्यक्ति सदस्य सचिव बन्नबाट ऐनले रोकेको छ । सचिव बन्न फौजदारी अभियोग समेत नलागेको हुनुपर्ने प्रावधान छ ।
ऐन बनेपछि गण्डकी प्रदेश खेलकुद सदस्य सचिव नियुक्तको लागि खुला प्रतिस्पर्धा शुरु हुने छ । धारा १४ मा उल्लेख भएअनुसार खेलकुद परिषद सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति बनाईने छ । प्रदेश खेलकुद महाशाखा प्रमुख, खेलुकद प्रशासन प्रमुख, एक महिलासहित तीनसदस्य मनोनित गरेर सचिवालय(बोर्ड)सदस्य बनाईने छ ।
सामाजिक विकास मन्त्री अध्यक्ष रहने प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्तको लागि तीन सदस्य छनोट समिति गठन गरिने छ । छनोट समितिको सिफारिसको आधारमा मन्त्रीपरिषदले सदस्य सचिवको टुंगो लगाउने छ ।
मन्त्रालयको सचिव, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीबाट दुईजना(एकजना महिला अनिवार्य), प्रदेशस्तरीय नेपाली सेना,शसस्तत्र प्रहरी तथा नेपाल प्रहरीबाट एक–एक जना प्रतिनिधिको रुपमा प्रदेश खेलकुद परिषदको सदस्यमा रहने व्यवस्था छ । त्यसैगरी गण्डकी विश्वविद्यालय, अपांग महासंघ, प्रदेश खेल संघबाट तीन जना मनोनित गरिने व्यवस्था गरिएको छ ।
त्यतै खेलाडीले खेल मितेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भए ३ वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवना तोकिएको छ । खेलाडीले रकम समेत लिएको पाइएको अवस्थामा रकम समेत जफत गरेर प्रचलित कानून अनुसार कारवाही गरिने विधेयकमा उल्लखे छ ।
विधेयकमा उल्लेख गरिए अनुसार विदेशमा प्रतिनिधित्व गरेर जाने खेलाडीसहित पदाधिकारी एवं निर्णायकलाई कारवाही गरिने छ । उल्लेख भएअनुसार कसुर गरेको ठहरिएमा ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने छ ।
त्यसतै खेलाडीले प्रतिबन्धित लागु औषध सेवन (डोपिङ)गरेको अवस्थामा समेत कार्वाहि गरिने व्यवस्था ल्याइएको छ । खेलाडीले पहिलो पटक प्रयोग गरे १० हजार रुपैयाँ जरिवाना भराइने छ । दोस्रो पटक भेटिएको अवस्थामा एकवर्ष खेलबाट प्रतिबन्धित गरी ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । परिषद्को कार्यकाल भने ४ वर्षको हुने छ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]