4 years ago
September 30, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
गम्भिर चोटपछि खेलाडीको चिन्ता हुने गर्छ, पुरानै अवस्थामा खेल्न सकिन्छ कि सकिन्न ? राम्रो उपचार, फिजियो थेरापीपछि केहि खेलाडी पुनरागमन गर्न सफल हुन्छन् । चोटपछि कतिपय खेलाडीले सोचे जसरी पुनरागमन गर्न सक्दैनन् , त्यस्तोमा खेल्ने रहर हुँदा हुँदै छाड्न बाध्य हुन्छन् ।
नेपालमा पनि त्यस्ता थुप्रै उदाहरण छन्, जसले चोट पछि चाहे जसरी पुनरागमन गर्न सकेनन् । र अन्ततः मन अमिलो बनाउँदै खेल जीवन त्यागेका छन् । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, प्रदीप महर्जन, विकास मल्ल, निराजन मल्ल, चेतन घिमिरे त्यस्ता केहि उदाहरण हुन् । चोटपछि उनीले आफुलाई पुरानौ अवस्थामा खेल्न सकेनन् ।
केहि त्यस्ता उदाहरण पनि छन्, जसले आफुलाई पुरानै अवस्थामा फर्काउन सफल भएका छन् । त्यसमा फुटबलकै विक्रम लामा, रोहित चन्द सफल उदाहरण हुन् । दुवै अहिले पनि राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।
राष्ट्रिय र होंगान्जी न्यू डायमण्ड क्लबकी स्टार प्रतिभा माली गत वर्ष गम्भिर चोटबाट गुज्रिइन् । माघ १० गते एनभिए क्लब च्याम्पियनसिपको फाइनलमा उनको बायाँ घुँडामा गम्भिर चोट लागेको थियो । धेरैको चिन्ता थियो, उनी फेरि पुरानै अवस्थामा खेल्न सक्छिन् कि सक्दिनन् । प्रतिभालाई पनि त्यो चिन्ताले खुबै सताउथ्यो, सताउँछ ।
यसबीचमा भलिबल र प्रतिभाका समर्थकका लागि भने खुसीको खबर छ । उनी कोर्टमा फर्कने प्रयासमा जुटेकी छिन् । यसको अर्थ खेल्न सक्ने अवस्थामा पुगेकी भने होइनन् । शल्यक्रिया र लामो फिजियोथेरापीपछि उनी कोर्टमा फर्कन सक्ने अवस्था आएको हो। यद्दपी अहिले पनि उनी पूर्णरुपमा दुखाई मुक्त भने भएकी छैनन् ।
‘बिस्तारै खेल्न सुरु गरेको छु । पूर्ण रुपमा अभ्यास सुरु गरेको भन्न मिल्दैन । सुरुमा डिफेन्समा खेले । अहिले अगाडि पनि खेल्न थालेको छु’, प्रतिभाले भनिन्, ‘अलि अलि स्पाइक, ब्लक गर्न थालेको छु । तर दुखाई अझै छ । खेल्दा अलि अलि दुख्छ । खेलिसकेपछि भने अलि बढी दुख्छ ।’
प्रतिभाले अहिले अभ्यासमा ल्याडिङमा बढी ध्यान दिइरहेकी छिन् । एउटा खुट्टाले ल्याडिङ गर्दा चोट लाग्ने सम्भावना बढी हुन्छ । प्रतिभाको पनि त्यस्तै भएको हो । ‘सट हानेर ल्यान्ड गर्ने क्रममा उनलाई गम्भिर चोट लागेको थियो । सिंगल ल्याडिङ गर्नुहुन्न भन्ने थाहा थियो । सिंगल ल्यान्डिङमा शरीरको भार एउटै खुट्टामा पर्ने हुँदा चोट लाग्ने सम्भावना बढी हुन्छ’, उनले थपिन्, ‘तरपनि खेलका दौरान परिस्थितिले कहिले काही त्यो हुन्छ । ल्याडिङमा बढी ध्यान दिनुभन्ने सल्लाह दिनुभएको छ , त्यहि अनुसार गर्ने कोसिसमा छु ।’
प्रतिभाले हल्का अभ्यास सुरु गरेपछि अर्थोप्लास्ट एन्ड रिह्याब सेन्टरका फिजियोथेरापिस्ट उज्वल डोटेल न्यू डायमण्डको अभ्यास्थल पुगेका थिए। ‘उहाँले नसक्ने बल ट्राई नगर्न भन्नुभएको छ’, गत वर्ष नेपालले जिते दुई महत्वपूर्ण सफलताकी मुख्य खेलाडी रहेकी उनले हाँस्दै भनिन्, ‘तर अभ्यासमा पनि बल सकेसम्म छोड्न मन लाग्दैन । तर अब आफुले ख्याल गर्नुपर्ने अवस्था छ ।’
माघको २० गते प्रतिभाको घुँडाको शल्य क्रिया भएको थियो । वैशाखबाट साउनसम्म उनले नियमित रुपमा ग्वार्कोस्थित अर्थोप्लास्ष्ट पुगेरै फिजियो गराइन् । भदौबाट भने साताको दुई पटक उनी फिजियो गराउँछिन् । जेठको २३ गते पहिला शल्यक्रिया गराएकै त्रिपुरेश्वरस्थित ब्लुक्रसममा अर्को शल्यक्रिया गरेकी थिइन् । शल्यक्रियापछि झन्डै २ महिना घुँडा सिधा मात्र राखे त्यसले गर्दा अर्थोफाइब्रोसिस गरेपछि नियमित फिजियो गराइरहेकी छिन् ।
‘आफुलाई गम्भिर चोट नलाग्दा सम्म प्रतिभालाई फिजियोथेरापिष्टका बारेमा राम्रो जानकारी थिएन । यो फिजियोथेरापीले गर्दा नै म यत्तिको आट गर्न सक्ने भएकी छु’, उनले भनिन्, ‘पहिला यस्तो केहि थाहा थिएन ।’
नेपालले गत वर्ष कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । ती दुई ठूला सफलताले नेपाली महिला टोली विश्व भलिबल महासंघको वरियतामा पहिलो पटक ८७ औं स्थानमा रहन सफल भएको थियो । साग लगत्तै व्यवासयिक लिग खेल्न माल्दिभ्स पुगेकी प्रतिभाले आफ्नो टोलीलाई च्याम्पियन बनाएकी थिइन् ।
कोरोना भाइरस कोभिड १९ का कारण ६ महिना भन्दा लामो समयदेखि खेलकुद गतिविधि ठप्प छ । यसैबीचमा प्रतिभा भने फिट हुने प्रयासमा छन् । कोर्टमा फर्कन उनलाई ९ महिना देखि एक वर्ष लाग्न सक्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताइएका थिए । अभ्यासलाई वार्मअपका रुपमा हेरेकी प्रतिभा पुरानै अवस्थामा फर्किन सक्छिन् भन्ने अनुमान गर्नु अहिलेलाई हतारो हुन सक्छ । तरपनि अब भलिबल सुरु हुँदा उनलाई कोर्टमा देख्ने आशा भने पलाएको छ ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]