4 years ago
September 25, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
सपना हरेकका हुन्छन् । फरक यत्ति हो, परिस्थिति र उमेर अनुसार देखिने सपना अलग हुन सक्छन् । राष्ट्रिय कुस्ती खेलाडी संगीता धामीले देशका लागि स्वर्ण पदक जित्ने सपना देखेकी थिइन् ।
गतवर्ष स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा संगीताले त्यो सपना पुरा गरिन् । सुदूरपश्चिम महेन्द्रनगरकी उनले पुरा गरेको सपनाले देशको कुस्ती नै समृद्ध भएको छ । ३६ वर्षे साग इतिहासमा कुस्तीमा स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन् ।
तर, देशका लागि स्वर्ण पदक जितेपनि सानी संगीताले आफ्नो र परिवारका लागि देखेको सपना भने तत्कालका लागि पूरा नहुने भएको छ । सशस्त्र प्रहरीको सहायक निरिक्षक बनेर खेल जीवनलाई अघि बढाउने र परिवारलाई आर्थिक रुपमा केहि भरथेग गर्ने उनको योजना अहिलेलाई अपुरो रह्यो ।
मंसिरमा सागमा स्वर्ण जितेकी उनी अत्तरियामा भएको ससश्त्रको भर्ना प्रक्रियामा सामेल भइन् । सशस्त्रले आफ्ना गुरुमार्फत खबर गरेकै कारण उनी छनोट प्रक्रियामा सहभागी भइकी थिइन् ।
प्रक्रिया अघि बढ्दै जाँदा सशस्त्रमा आबद्ध हुने आशा राखेकी उनले आफ्नोसँगै आमा र बहिनीका लागि देखेको सपना पूरा हुने आशा पलाएको थियो । तर, झन्डै दुई महिना अघि उनको सपना चकनाचुर भयो, जब उनी लिखित परिक्षामा असफल भइन् । उनको दुःखको कथाले तत्कालका लागि नयाँ मोड लिन सकेन ।
‘उहाँहरुले नै खबर गरेकोले ठूलो आशा राखेर म छनोट प्रक्रियामा समाल भएको थिए,’ बिहीबार २० औं जन्म दिन मनाई रहेकी संगीताले भने, ‘सबैमा पास हुँदै गएको थिए । तर लिखितमा पुगेर फालिएँ । म अहिलेसम्म खेलमा कहिल्यै असफल भइन् । यहाँ असफल भए, दुःख लाग्यो ।’
विभागिय टोली खेलकुदको अलग विभाग भएका कारण पनि उनलाई ससश्त्रमा आकर्षित भइकी थिइन् । अर्को उनलाई पुलिस, सानैबाट मन पर्ने । कुनै दिन आर्मी, पुलिस बन्नुपर्छ भन्ने सानै बाट लाग्ने । उनले स्मरण गरिन्, ‘खै किन हो, त्यो युनिफर्मनै एकदमै मन पर्छ । तर अहिलेका लागि त्यो लगाउने रहर रहर मात्र भयो ।’
अर्को पक्ष विभागमा आफ्नो प्रशिक्षणलाई निरन्तरता दिन पाउने आशा र घरको कमजोर आर्थिक अवस्थामा थोरै भएपनि सुधार हुन्छ भन्ने आशाले उनले सशस्त्रमा भर्ना हुने उनको सपना थियो । चार दिदी बहिनीमा साहिली संगीता आमाको मुहारमा खुसी ल्याउनका लागि आफुले केहि न केहि कमाउनु पर्ने अवस्था रहेको बताउँछिन् । अहिले पनि ३ जनाको उनको परिवार ठूलो बाबुको घरमा आश्रय लिएर बस्ने गरेका छन् ।
‘जमिनको नाममा आधा कट्ठा छ त्यो पनि बाबाको नाममा । त्यसमा पनि घर बनाउन मिल्दैन । सधै ठूलो बाबाको घरमा बस्ने भन्ने हुँदैन,’ उनले सुनाइन्, ‘उहाँहरुलाई चाहिदा घर छाड्नु पर्ने हुन्छ । एउटा सानो आफ्नै घर बनाउन सके भने मम्मीलाई सजिलो हुने थियो ।’
तीनै आमाको हौसला र साथले उनले खेल जीवनलाई अघि बढाएकी थिइन् । उनलाई लाग्छ अब आमाको सपना पूरा गर्ने जिम्मा आफ्नो काँधमा आएको छ । ‘बहिनी पढ्दैछ । दुई दिदीको बिबाह भइसक्यो, अहिले पनि हाम्रा लागि मम्मीले नै दुःख गर्दै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘अब एउटा रोजगारी गर्न पाए भने खेललाई अघि बढाउने र मम्मीलाई अलिक सुख दिने मन छ । धेरै ठूलो सपना छैन । त्यहि पनि अहिले पूरा नहुने भएपछि नमज्जा लागेको छ ।’
संगीतालाई सबैभन्दा गुनासो भने आफ्नै पितासँग छ । ‘बहिनी मम्मीको पेटमा हुँदा बाबाले छोरा भएन भनेर हामीलाइ छाडेर अर्को बिहे गरेर जानुभयो । आजसम्म बाबासँग भेट भएको छैन,’ उनी सम्झिन्छिन्, ‘मम्मीको आँटले नै हामी यहाँ सम्म आउँन सकेका हौं । मम्मीले हिम्मत हारेको भए आज हामी कहाँ हुन्थ्यौं सम्झेर पनि कहाली लाग्छ । बाबालाई भेट्दा छोरा नभएकैले हामीलाई छाड्नुभएको हो भनेर सोध्न भने मन छ ।’
संगीताका लागि आफ्नी आमानै आदर्श हुन् । उनी आमालाई खुसी पार्न हर सम्भव प्रयास गर्ने बताउँछिन् । उनले आफ्नी आमालाई निराश पारिनन् । सागमा स्वर्ण जितेर आमाको मुहारमा खुसी ल्याइन् । सागमा सफल भएपनि आमाले भनेको स्मरण गर्दै संगिताले भनिन्, ‘अहिलेसम्म हाम्रो नाम कतै आएको थिएन । अहिले छोरीको कारण सबैको नाम आयो भनेर ममी रुनुभयो त्यो देखेर पनि अझै केही गर्छु भन्ने आँट आएको छ ।’
घर चलाउनका लागि उनको परिवारले दुध बेच्थ्यो । उनलाई ती पुराना दिन बिर्सेकी छैनन् ।
‘पहिला बहिनी गाउँमा र म बजारको स्कुलमा पढ्थे । हामीसँग एउटा मात्र साइकल थियो । ममीले साइकल लिएर जाँदा म हिडेर नै स्कुल जानपथ्र्यो । त्यही भएर मैले स्कुल जाने बेलामा दुध पुर्याउँदै जान्थे, ‘ उनले सम्झिइन्,’ मलाई साथीहरुले दुधवाली, भैसीवाली भनेर जिस्काउने गर्थे । कसैलार्य केहि भन्थिन । तर घरमा आएर रन्थे । बाबा नभएर मलाइ यस्तो भनेका होला भन्ने सोच्थे ।’
कुस्ती खेल्न थालेको छोटो समयमा संगीताले सागमा स्वर्ण पदकको जितेकी हुन् । राष्ट्रिय प्रतियोगितामा उनी कहिल्यै दोस्रो भइनन् । गत वर्ष प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद स्वर्ण जितेकी संगिताले २०७४ सालदेखि कुस्ती खेल्न सुरु गरेकी थिइन् । काठमाडौंमा भएको राखेप च्याम्पियनसिप, त्यसअघि भक्तपुरमा भएको एसकेएएन कुस्ती,वि.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती सबैमा उनी पहिलो भइकी थिइन् ।
तीनै सफलताले सागमा पनि उनको मनोबल उच्च थियो । ‘सागमा पनि स्वर्ण जित्छु भनेर नै मेहनत गरेको थिए,’ उनले भनिन्, ‘साथीहरु खेलेको देखेर नै मलाई डर लागेको थियो । गुरुहरुले मबाट आशा राख्नु भएको थियो । त्यसैले पनि मैले जित्नपर्छ भन्ने सोचेकी थिए । आफुले खेल्दा डर लागने बरु जित्नै पर्छ भन्ने थियो । पछि आफ्नो नाम लिदाँ एकदम खुसी लाग्यो । सबैले बधाई दिनुभयो । त्यो क्षण अहिलेपनि सम्झिरहन्छु ।’ सागका धेरै खेल काठमाडौंमा केहि खेल पोरखा र कुस्ती जनकपुरमा भएको थियो ।
कुस्तीमा उनको प्रवेश पनि कम रोचक छैन । हाम्रो गाउँमा खेल हुन्थेन । ‘बजारतिर मात्र खेल हुन्थ्यो । कुस्ती खेलाडी बन्छु र स्वर्ण जित्छु भन्ने लागेको थिएन,’ उनले स्मरण गरिन्, ‘अरु खेल खेल्न पैसा लाग्थ्यो तर कुस्ती खेल्न पैसा लाग्थेन त्यही भएर यो खेल रोजेको हु ।’
कुस्ती खेल्नकै लागि उनले बजारको स्कुल छानेकी थिइन् । महेन्द्रनगरको भृकुटी स्कुलमा पुगेपछि उनको खेल जीवन औपचारिक रुपमा अघि बढेको थियो । ‘कुस्ती नै खेल्छु भनेर लागेको त थिइन तर खेलाडी बन्छु भन्ने चाँही थियो । सरहरुले खेल तिमी राम्रो खेल्छौ भन्नुहुन्थ्यो । पछि स्कुलमा कुस्तीको राजेन्द्र चन्द गुरु आउनुभयो,’ उनले थपिन्, ‘लक्ष्मी चन्द दिदीले मलाइ कुस्ती खेल्न प्रेरित गर्नुभयो म कवड्डीमा जान लागेको थियो तर उहाँले त्यता नजाउ यसमै राम्रो गर्न सक्ने भन्दै हौसला दिएपछि कुस्ती छोड्न चाहिन ।’
छोटो समयमा संगीतालाई ५ जना प्रशिक्षकले कुस्ती सिकाएका थिए । ‘गुरुहरुले सिकाउनु भयो सायद त्यही कारण पनि म सफल भएकोे हुँ,’ गुरुहरुलाई जस दिदै भनिन्, ‘यो सबैको श्रेय म मुख्य प्रशिक्षक गुरु बह्मदेव यादव, मुम्ताज अली, शिवधारी यादव, धर्मराज यादव अनि राजेन्द्र चन्द गुरुलाई दिन चाहान्छु ।’
स्वर्ण जिते वापत सरकारले दिएको ९ लाख रुपैयाँ पुरस्कार दिएको थियो । त्यो रकमले जग्गा किन्ने अवस्था नभएकाले जोगाएर राखेकी छिन् । एउटा प्रयास सफल नहुँदैमा हरेस खानु हुँदैन भन्ने आमाले हिम्मत दिएपछि उनी फेरि अर्को प्रयास गर्ने योजनामा छिन् ।
‘मम्मीले एकपटक नभएर आत्तिनु हुन्न भन्नुभएपछि फेरि प्रयास गर्ने सोचमा छु । अब सेना, प्रहरीमा जेमा चाडो खुल्छ त्यसमै भर्छु,’ उनले भनिन्, ‘अब सशस्त्रमा चाहिं जान्न होला । मन मर्यो ।’
नेपाली खेलकुदको परिपेक्षमा विभागीय टोलीमा आबद्ध हुनु अधिकांश खेलाडीको लक्ष्य हुन्छ । अझ शैक्षिक योग्यता पुग्ने खेलाडीले त अधिकृत सम्मका पदका लागि प्रतिस्पर्धा गरेर नै नाम निकालेको थुप्रै उदाहरण छन् । यसले खेल जीवनलाई साथ त पुग्छ नै, खेलाडी करिअरपछि विभागीय करिअर अघि बढाउने राम्रो विकल्प रहन्छ । संगीताअघि अन्य खेलाडीले पनि यस्तो प्रयास गरेका छन् ।
राष्ट्रिय फुटबल टोलीका स्टार भरत खवासको विगतले संगीतालाई उर्जा मिल्न सक्छ । अहिले सेनाका कप्तान रहेका भरत सुरुमा प्रहरीमा आबद्ध हुन चाहन्थे । राष्ट्रिय टोलीमा नियमित रहेर खेलेका भरतले नेपाल प्रहरीको सहायक निरिक्षकमा असफल भएपछि सेनाको सेकेन्ड लेफटिनेन्टमा प्रयास गरेर छनोट भएका थिए । सायद संगितालाई पनि अर्को प्रयासले उनको सपना पूरा हुने ठाँउमा पुर्याउने नै छ ।
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिले यसै महिना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई सह प्रयोजन गरेको छ। एभरेष्ट हर्ब्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बिसु विक्की गोयन्काले नेपालको राष्ट्रिय खेल भलिबलको वृद्धि र विकासमा निकै महत्वपूर्ण योगदान दिँदै आइरहेको यस हेल्प नेपालसँग आबद्ध हुन […]