default_image

5 years ago

September 17, 2020

राखेपको विभिन्न विभागमा जिम्मेवारी फेरबदल

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ ।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै कार्यरत थिए ।

इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनाइएका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी सचिवलयमा कार्यरत थिए । यसअद्धि संघ संस्था शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गत महिना अनिवार्य अवकाश पाएपछि त्यसको प्रमुखको पद रिक्त थियो ।

त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

केसी २०४५ साल तथा अन्य कर्मचारी २०५३ सालमा राखेपमा आबद्ध भएका थिए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार उनीहरुलाई पत्र हस्तान्तरण गर्दै प्राप्त नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.