4 years ago
September 16, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आफ्ना ३ राष्ट्रिय खेलाडीलाई सहयोग गरेको छ । संघले आफ्ना खेलाडीको अवस्था जानकारी लिदै पहिलो चरणमा सहयोग गरेको बताइएको छ ।
संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय सलिना श्रेष्ठ र उषा भन्डारी तथा बिच भलिबलका राजु बिकलाई सहयोग गरेको हो ।
काठमाडौंमै रहेका सलिना र उषालाई चामल, दाल, तेललगायत खाद्यान्न सामाग्री तथा गृह जिल्ला बागलुङमा रहेका राजुलाई नगद पठाइएको नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् ।
दक्षिणकाली नगरपालिका खहरे घर रहेकी सलिना र टोखा नगरपालिका नयाँ बसपार्क बस्दै आएकी उषालाई संघकी राहत समितिका संयोजक समेत रहेकी मास्के र सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले खेलाडीको घर पुगेर खाद्यान्न हस्तान्तरण गरेका थिए ।
संघले कोरोना महामारीपछि झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो । संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको हो ।
संघले यस्तो कठिनाईका समयमा सम्झेकोमा सलिनाले धन्यवाद दिइन् । ‘मैले त यस्तो सहयोग हुन्छ भन्ने आशा गरेको थिइन,’ उनले भनिन्,’ हाम्रो बारेमा चासो लिदिनुभएको र घर सम्म आएर सहयोग गर्नुभएकोमा संघ परिवार परिवारलाई आभार व्यक्त गर्न चाहन्छु ।’
आवश्यकता हेरेर भविष्यमा अन्य खेलाडीलाई पनि संघले सहयोग गर्ने विषयमा पहल गर्ने उपाध्यक्ष मास्केले बताइन् ।‘राष्ट्रिय टोलीका खेलाडीको अवस्था बुझेर खेलाडीलाई सहयोग गर्नुपर्छ भन्ने संघले ठान्यो,’ संयोजक मास्केले भनिन्, ‘हाम्रा कतिपय खेलाडी विभागमा हुनुहुन्छ । केहि खेलाडी विभागमा हुनुहुन्न । त्यसमध्ये खेलाडीलाई पहिलो चरणमा सहयोग गरेका हौं । अवस्था अनुसार अन्य खेलाडीलाई पनि सहयोग गर्ने विषयमा हामी संघमा छलफल गर्नेछौं । ’
महिला टोलीले गत वर्ष दुई ठूला सफलता प्राप्त गर्दा सलिना त्यसको महत्वपूर्ण सदस्य थिइन् । लिबेरो सलिना सम्मिलित टोलीले कात्तिकमा बंगलादेशमा एभिसी सेन्ट्रल जोनमा स्वर्ण र मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । उषा १३ औं सागमा रजत जित्दा टोलीमा थिइन् । राजुले १३ औं सागमा बीच भलिबलमा देशको प्रतिनिधित्व गरेका थिए ।
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]