default_image

8 years ago

September 1, 2016

एसियाली शारीरिक सुगठनमा नेपाल

109 views

0 Bookmark

भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् ।

sugathan

पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ तथा प्रशिक्षकमा शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे । भदौ १७ देखि २३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबार जाँदैछ ।

January 16, 2025

खो खो विश्व कपमा नेपालको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा जारी पहिलो खो खो विश्वकपमा पुरुषतर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा बिहीवार नेपालले भुटानलाई ९८-८ ले हराउँदै लगातार जित निकालेको होसमूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल भारतसँगको आफ्नो खेलमा ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र […]

January 15, 2025

सायम प्रिमियर लिग फागुनमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा फागुन अन्तिम सातामा हुने भएको छ । बुधबार पुरानो बानेश्वरस्थित सायम कलेजमा आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले लिगमा कुल ४ टोलीको सहभागिता रहने जानकारी दिए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् । एक […]

January 14, 2025

सरस्वती र प्रतिभा एभरेस्ट ग्लोबलको ब्रान्ड एम्वासडर

सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]

Success

Thank you for your time.