4 years ago
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय ब्याडमिन्टन खेलाडी दीपेश धामीलाई मातृशोक र नेपाल भलिबल संघका उपाध्यक्ष हरकसिंह धामीलाई पत्नीशोक परेको छ । राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन दीपेशकी आमा झुपादेवी धामीको ५० वर्षेको उमेरमा बुधबार बिहान निधन भएको हो ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहान ७ः४५ मा मृत्यु भएको पति हरकसिंह धामीले जानकारी दिए । उनी मिर्गौला रोगबाट पीडित थिइन् । कोरोना भाइरस कोभिड १९ का कारण चैत ११ देखि लकडाउन भएका कारण मिर्गौला प्रत्यारोपण हुन नसकेको धामीले बताए ।
त्यसबीचमा असारमा टाउकोमा समस्या आएपछि टिचिङ अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई महेन्द्रनगर भिमदत्त नगरपालिका ६ स्थित घर लगिएको थियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता दीपेशले नै आमाको हेरचाह गर्दै आएका थिए ।
शल्यक्रिया सफल भएपनि त्यसपछिको दिनहरु भने कठिन भएको पिता धामीले बताए । कतिपय अवस्था उनी अचेत पनि हुने गरेकी थिइन् । मंगलबार राती पुनः समस्या भएपछि उपचारका लागि धनगढी लगिएको धामीले जानकारी दिए ।
दीपेशका पिता धामी भिमदत्त ६ का वडाध्यक्ष हुन् । बुधबार नै महाकालीको झुगेलाघाटमा अन्तिम संस्कार गरिने धामीले जानकारी दिए । धामी दम्पतीका २ छोरा र १ छोरी छन् ।
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]