default_image

5 years ago

September 6, 2020

खेलाडी संघले केसीको अवस्था बुझ्यो

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् ।


संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए । ७२ वर्षे केसीले संक्रमण भएपनि आफुलाई कोरोनाको कुनै लक्षण भने नदेखेको बताएका छन् ।

केसी काठमाडौ महानगरपालिका १४, कंलकी राना गाँउ घर भएका केसी परिवारका साथ बस्दै आएका छन् । केसी र उनको परिवारको आइतबार पिसिआर परिक्षणण हुने बताइएको छ । गत साता केसीलाई कोरोना संक्रमण देखिएको थियो ।

खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो । केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.