4 years ago
September 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तरुण दल ललितपुर क्षेत्र नं १ चापाँगाउको संयोजनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बुधबार गोदावरी नगरपालिका वडा नं ११ मा राहत वितरण गरेको छ ।
‘हुनेले दिएर जाँउ ,नहुनेले लिएर जाँउ’ भन्ने नाराका साथ सुरु भएको फुड बैंक अवधारणबाट गोदावरीको बज्रबाराही चौधरीमा सञ्चालित बुधबारको कार्यक्रममा झन्डै २ सय जनालाई राहत वितरण गरिएको बताइएको छ ।
राहतमा चाम, दाल, तुल, नुन, मसौरा र साबुनको प्याक बनाएर वितरण गरिएको थियो । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, निर्वतमान अध्यक्ष दीपक विष्ट, कराते प्रशिक्षक गंगाराम महर्जनले राहत हस्तान्तरण गरेका थिए ।
राहत लिनेमा दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु बढी रहेको कार्यक्रमको संयोजन गरिरहेका नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए । ललितपुरका विभिन्न ठाँउमा पछिल्लो ९ दिन देखि फुड ब्याक सञ्चालन गरिराखिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्व कोषाध्यक्ष समेत रहेका महर्जनले बताए ।
कोरोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिले डेरा गरि बसेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई मार परेकोले यस्तो सहयोग गरिएको उल्लेख गर्दै महर्जनले भने, ‘खानै नपाएर बस्नु पर्ने अवस्था आउनु हुन्न भनेर हामीले यो अभियान चलाएका हौं । आजको सबै खर्च खेलाडी संघले बेहोरेको छ त्यसका लागि धन्यवाद दिन्छौं ।’
खेलाडी संघका अध्यक्ष श्रेष्ठले मजदुरहरु निकै मारमा परेकाले संघले पनि यस्तो अवस्थामा सक्ने सहयोग गरेको बताए । महर्जन संरक्षक रहेको लगनखेल डोजोले लकडाउनको सयममा हरेक २ महिना हरेक दिन १ सय ५० भन्दा बढीलाई निशुल्क खाना खुवाएको थियो ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]