5 years ago
August 29, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
नेपालको राष्ट्रिय खेल भलिबलको सर्वोच्च संस्था नेपाल भलिबल संघको यसै वर्ष हुने भनिएको निर्वाचनका लागि वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् ।
कोरोना भाइरस कोडिभ १९ को संक्रमण फैलने क्रम बढिरहँदा नेपाली खेलकुद ठप्प छ । चैतदेखि साउनमा चलेको लकडाउनमा खुकुलो भएपनि पूर्ण रुपमा बन्द खेलकुदलाई केहि गति दिने प्रयास भएको थियो । तर, त्यो लामो समय चलेन ।
कोभिड १९ को संक्रण झनै बढ्न थालेपछि पुनः बन्द भए । खेलकुद गतिविधि बन्द हुँदा राष्ट्रिय संघहरुको पनि स्वभाविक रुपमा निष्क्रिय छन् । यो परिस्थितिका कारण केहि सक्रिय राष्ट्रिय संघको अद्यावधिक निर्वाचन प्रभावित भएका छन् । जसमा भलिबल संघ, बक्सिङ र ब्याडमिन्टनलगायतका संघ छन् । ती संघको ४ वर्षे कार्यकाल पूरा भएको छ ।
अब कहिले निर्वाचन हुने भन्ने भन्न सकिने अवस्था छैन । २०७३ जेठ १ गते भलिबल संघको पछिल्लो निर्वाचन भएको थियो । कार्यकाल सकिएको ३ महिना नाघिसकेको छ । लकडाउन अघि नै नयाँ नेतृत्वका लागि एकखाले दौडधुप सुरु भइसकेको थियो । कोभिडका कारण उत्पन्न कठिन परिस्थितिका कारण संघको निर्वाचन अनिश्चितसँगै ती दौडधुप स्वतः रोकिएका छन् ।
यसैबीचमा संघकी उपाध्यक्ष मास्केले भलिबल संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । पछिल्लो ३ कार्यकाल केन्द्रिय समितिमा रहेकी मास्केले आफ्नो भलिबल संघलाई नयाँ उचाईमा पुर्याउनका आफुले उम्मेदवारी दिने बताएकी छिन् ।
‘कोरानाले हामी सबैलाई यति खेर कठिन अवस्थामा ल्याइपुर्याएको छ । यसले सबै क्षेत्र अस्तव्यस्त भएको छ’, उनले भनिन्, ‘अवस्था सहज भएर जहिले संघको निर्वाचन हुन्छ त्यसमा म अध्यक्षमा उम्मेदवारी दिनेछु । मैले आफ्नो उम्मेदवारीका बारेमा धेरैलाई जानकारी पनि दिएको छु ।’
सदस्य हुँदै भलिबल संघमा सक्रिय मास्के यसअघिको कार्यकालमा कोषाध्यक्ष थिइन् । मास्केले आफू कोषाध्यक्ष हुँदा आर्थिक अनुशासन कायम गर्न प्रयास थालेको स्मरण गरिन् । ‘म कोषाध्यक्ष हुँदा कुनै हिसाब किताब राख्ने चलेन थिएन । संघ करमा दर्ता पनि म कोषाध्यक्ष भएको समयमा गरेका हौं’, उनले भनिन्, ‘म कोषाध्यक्ष बनेपछि सबै कारोबार बैंक खातामार्फत गर्ने परम्परा सुरु गरेको थिए । खेलको विकासका लागि आर्थिक अनुसासन एकदमै जरुरी हुन्छ ।’
मास्केले संघमा लामो समयको अनुभव पछि अध्यक्षमा उम्मेदावरी दिनु स्वभाविक भएको पनि बताएकी छिन् । ‘पछिल्लो १२ वर्ष मैले जे जति अनुभव बटुले र आफ्नोतर्फबाट भलिबलका लागि काम गरे त्यसले मलाई एक पटक नेतृत्व गर्नुपर्छ भन्ने मनस्थितिमा पुर्याएको हो’, उनले भनिन्, ‘पछिल्लो केहि वर्षमा हामीले भलिबलमा निकै सफलता प्राप्त गरेका छौं । अब भलिबल खेलेर बाच्ने अवस्थाको सृजना गर्नुपर्नेछ ।’
मास्के सदस्य हुँदा संघले महिला कमिसन बनाएर उनलाई त्यसको संयोजक बनाएको थियो । ‘२०६८ मा हामीले चितवनमा बीच भलिबल आयोजना गरेका थियौं’, उनले भनिन्, ‘त्यो महिला बीच भलिबलको इतिहासमा एउटा सुरुवात थियो । त्यसपछि कोषाध्यक्ष र अहिले उपाध्यक्षका रुपमा क्रियाशील छु । अब भनेको कि मुख्य नेतृत्वमा रहेर काम गर्ने वा बाहिरिने समय आएको छ ।’
मास्केले श्रीमान् सञ्जय मास्केको स्मृति फाउन्डेसन स्थापना गरेकी छिन् । फाउन्डेसनले पनि भलिबल रुपमा खेलाडी सम्मान गर्दै आएको छ । फाउन्डेसनमा भविष्यमा पनि भलिबलमै काम गर्ने योजना रहेको उनले सुनाइन् । ‘संघमा सधै रहिन्छ भन्ने हुन्न’, उनले थपिन्, ‘पछि पनि हामी फाउन्डेसनमार्फत भलिबलमा केहि न केहि गरिरहन्छौं ।’
मास्केसँगै अर्का उपाध्यक्ष यमबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्दलाई पनि अध्यक्षको आकांक्षीको रुपमा हेरिएको छ । यद्दपी औपचारिक रुममा कसैले घोषणा गरेका छैनन् । पूर्व अध्यक्ष गंगाबहादुर थापाले पनि नेतृत्वमा आउनका लागि प्रयास गर्ने देखिएको भलिबल वृतमै चर्चा छ ।
वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले भने विश्राम लिने भलिबल परिवारमा बताउँदै आएका छन् । शर्माले पुनः उम्मेदवार बन्ने अवस्थामा भने विचार गर्न सकिने जनाउँदै मास्केले त्यसबाहेकको परिस्थितिमा भने आफ्नो उम्मेदवारी पर्ने प्रष्ट पारिन् ।
पछिल्लो वर्ष नेपाली महिला भलिबलले ठूलो सफलता प्राप्त गरेको र अब त्यो भन्दा ठूलो सफलताका लागि प्रयास गर्नेपर्नेमा मास्केले जोड दिइन् । नेपाली भलिबल संघको इतिहासमा यो कार्यकाल अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको कार्यकाल हो । दक्षिण एसियाली खेलकुद (साग) मा यसअघि ३ पटक कास्य पदक जितेको महिला टोलीले स्वदेशमा १३ औं संस्करण आयोजना हुँदा पहिलो पटक रजत पदक जितेको थियो । गत वर्ष नै बंगलादेशमा आयोजना भएको सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो ।
पुरुष टोलीले पनि यहि कार्यकालमा पदक जितेको थियो । २०७३ को चैतमा पुरुष टोलीले माल्दिभ्समा एभिसी सेन्ट्रल जोनमा कास्य पदक जितेको थियो । पुरुष टोलीले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक थियो । २०७४ को जेठमा भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले भलिबललाई राष्ट्रिय खेलका रुपमा निरन्तरता दिएको छ ।
केहि वर्षयता संघले गरेको मेहनतले सफलता प्राप्त भएको उल्लेख गर्दै अब खेलेको विकास र खेलाडी उत्पादनमा जोड दिनुपर्ने समय आएको बताए । ‘सामूहिक प्रयासबाट सफला प्राप्त हुन्छ भन्ने उदाहारण हामीले दिएका छौं । राष्ट्रिय खेल त बन्यो । हामीसँग आफ्नै कभर्ड हल छैन’, विद्यालय स्तरमा भलिबल खेलाडी रहेकी उनले योजना सुनाइन्, ‘खेलाडी उत्पादन संघ आफैले गर्न सकेको छैन । भलिबल पूर्ण रुपमा व्यवसायिक हुन सकेको छैन । अब हामीले यी पक्षमा काम गर्नुपर्छ ।’
‘२०३३ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको भलिबल संघमा अहिले सम्म महिला अध्यक्ष बनेकी छैनन् । संघमा कोषाध्यक्ष र उपाध्यक्ष निर्वाचित हुने म पहिलो महिला छु’, ठट्टा गर्दै उनले भनिन्, ‘भलिबल परिवारले साथ दियो भने संघको पहिलो महिला अध्यक्ष बन्ने सम्भावना पनि छ ।’
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]