4 years ago
August 27, 2020
पोखरा (हाम्रो खेलकुद) – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक तथा रेफ्रिहरु गरि करिव २ सय जनाकोे कोरोना बीमा गर्ने भएको छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी वढ्दै गएपछि संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा रेफ्रिहरुको कोरोना बीमा गर्ने भएको हो ।
संघको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष तेज गुरुङले भने,’ हाल सम्म नेपालको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर खेलाडी, प्रशिक्षक र रेफ्रीहरुको बीमा गर्ने भएका छौं ।’
वहालवाला वा अवकास प्राप्त प्रशिक्षक तथा राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्ने सबैको कोरोना बीमा गरिने संघका महासचिव सन्देश रेगमीले बताए । संघले कोरोनाको कारण कुनै पनि ह्याण्डबल खेलाडीको परवारमा आर्थिक समस्या परेको अवस्थामा गर्ने समेत भएको संघका उपाध्यक्ष जयन्त शर्माले बताए ।
‘लामो समय देखि वन्दा वन्दी भएका कारण खेलाडीहरु आर्थिक समस्या परेको हुन सक्छन,’ उनले भने,’ यस्तोमा खेलाडीको मनोबल घट्न नदिएका लागि सहयोग गर्ने भएका हौं ।’ बैठकले सबै खेलाडीको अवस्था वारे तत्काल जानकारी गराउन जिल्ला संघहरुलाई आह्वान समेत गरेको छ ।
यसै गरि अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) बाट संघलाई कोभिड १९ सँग सम्वन्धित सहयोग गर्ने ६ हजार स्विस फ्रयान्क खर्च गर्नका लागि कार्यविधी बनाउने समेत भएको छ । कार्यविधी तयार गर्न संघका उपाध्यक्ष एवम गण्डकी प्रदेशका सांसद मोहन रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ ।
समितिको सदस्यमा उपाध्यक्ष जयन्त शर्मा, महासचिब सन्देश रेग्मी, सचिव द्वय केशव पाठक र रत्नज्योती मानन्धर छन । उपाध्यक्ष रेग्मीले समितिले एक साता भित्र कार्यविधी तयार गरि आइएचएफबाट प्राप्त रकम ह्याण्डबल खेलको विकास सँगै कोरोनाका कारण समस्यामा रहेका खेलाडीलाई सहयोगका लागि खर्च गरिने बताएका छन् ।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]