5 years ago
August 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको घटनामा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबार विज्ञप्ती जारी गर्दै चन्द्रकलाको दम्पतीमाथि भएको आक्रमणको संघ घोरभत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको जोडदार माग गरेका छन् ।
गर्भवती समेत रहेकी लामकादेमाथिको आक्रमणलाई सभ्य समाजले ग्रहण गर्न नसक्ने उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘गैरकानुनी र गैर मानवीय उक्त घटनाका दोषीको छानविन गरि कानुनी कारवाहीका लागि संघ सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’
२१ औं शतब्दीमा पनि जातीय विभेद हुनु र हातपात हुने घटनालाई समान्य मान्य सकिन्न भन्दै संघको विज्ञप्तीमा अगाडि भनिएको छ, ‘चन्द्रकलाको अवस्था बुझ्न, आवश्यक सहयोगका लागि संघ युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदको ध्यानाकर्षण गराउन चाहन्छ । संघ खेलाडी लामकादेको शीघ्र स्वास्थ लाभको कामना गर्दछ ।’
आजै नेपाल एथलेटिक्स संघले पनि विज्ञप्ती जारी गर्दैै दोषीमाथि कारवाहीको माग गरेको छ ।
झापा मेचीनगर १९ चारआलीमा चिया पासल चलाउँदै आएकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकलालाई सोमबार राती छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले हातपात गरेका थिए ।
श्रेष्ठका दम्पतीबाट लखटिएका चारआलीका राजन दर्जी आत्तिदै र गुहार माग्दै चन्द्रकलाको पसलमा पसेका थिए । जातीय विभेदयुक्त गाली गर्दै आफ्नो पसमा आएका श्रेष्ठ दम्पतीलाई चन्द्रकलाले रोक्न खोजिन् । तर, श्रेष्ठ दम्पती त पनि तल्लो जाती रैछ्स भन्दै चन्द्रकलामाथी नै कुटपिटमा उत्रिए ।
नेपाल पुलिस क्लबकी चन्द्रकला कुटाईबाट घाइते भएकी छिन् । सात महिनाकी गर्भवती रहेकी उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । चन्द्रकलाका श्रीमान् सुमन खातीलाई पनि श्रेष्ठले कुटपिट गरेका थिए । कोरोना महामारीका कारण चैत ११ गते लकडाउन हुनुअघि चन्द्रकला घर गएकी थिइन् ।
२१ औं शताब्दीमा पनि जातीय विभेदका शब्दमा लागी गर्नु दण्डनीय भएको जनाउँदै एथलेटिक्स संघका अध्यक्ष यस्तो घटनामा सलग्नको जति आलोचना गरे पनि कम हुने बताएका छन् । संघले चन्द्रकलाको उपचारमा २१ हजार रुपैयाँ सहयोगको घोषणा समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले श्रेष्ठ दम्पती पक्राउ गरिसकेको बताएको छ । चन्द्रकलाले पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद र प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद दुवैमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी थिइन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटरको नयाँ कीर्तिमान राख्दा आफ्नै कीर्तिमान् तोडेकी थिइन् । आठौंमै उनले ज्याभलिन थ्रोमा त्यसअघि आफ्नै नाममा रहेको कीर्तिमान तोड्ने क्रममा ४४.०४ मिटर थ्रो गरेर नयाँ कीर्तिमान राखेकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]