5 years ago
August 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना नियुक्त ६ जना सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष जगतबहादुर सुनार (विश्वकर्मा) ले ६ सदस्यलाई सपथ गराएका थिए ।
त्रिपरेश्वस्थित राखेपमा आयोजित सथप कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, केहि समय राखेपका कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी सम्हालेका खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल र राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाको उपस्थिति थियो ।
शपथपछि सदस्यको तर्फबाट इन्दिरा निरौलाले नयाँ खेलकुद ऐनले ठुलो मौका दिएको र यसले नेपाली खेलकुदको मुहार फेर्ने विश्वास व्यक्त गरिन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्री सुनार साउन १५ गते निरौलासहित रिम रानाभाट, सुवास श्रेष्ठ, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरेका थिए ।
सो अवसरमा मन्त्री सुनारले चाँडै नै अन्य सदस्यहरुको नियुक्ति प्रकृया पनि अगाडि बढाइने जानकारी दिए । ३७ सदस्यीय राखेप बोर्डमा अझै १५ जना मनोनित हुन बाँकी छन् । अन्य भने पदेन सदस्य रहेका छन् ।
त्यस्तै ७ सदस्यीय कार्यकारी समिति पनि गठन हुन बाँकी छ । नयाँ ऐन अनुसार मन्त्रीपरिषद्ले साउन १२ गते राखेप उपाध्यक्षमा कोइराला र सदस्य सचिवमा सिलवाललाई नियुक्त गरेको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]