default_image

5 years ago

August 16, 2020

भलिबल खेलाडीको कोडिभ १९ विमा गरियो

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्व.लक्ष्मी नारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बीच भलिबल महिला पुरुष टोलीका खेलाडीको कोभिड १९ विमा गराइदिएको छ ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी टोलीका खेलाडीको विमा गराइएको हो । भलिबल टोलीको महिला र पुरुषमा समान १४ तथा बीच भलिबल टोलीको महिला र पुरुष टोलीमा समान ४ गरि कुल ३६ खेलाडीको विमा गरिएको छ ।

आइतबार विमा गर्दा राष्ट्रिय महिला भलिबल टोलीकी तर्फबाट प्रतिभा माली र बीच भिलबलका दिल सुनारको उपस्थिति थियो । खेलाडीको कोरोना विमा एनएलजीमा गरिएको हो । हरेक खेलाडीको १ लाख रुपैयाँ बराबरको विमा गरिएको बताइएको छ ।

१३ औं सागमा महिला भलिबल टोलीले रजत र महिला बीच टोलीले कास्य पदक जितेको थियो । पुरुषतर्फ भने नेपाल पदक विहिन बनेको थियो । महिला टोलीले सागमा अहिले सम्मकै ठूलो सफलता हात पार्ने क्रममा रजत पदक जितेको थियो ।

त्यसअघिका भाग लिएका तीनै संस्करणमा कास्य पदकमा सिमित भएको महिला भलिबल टोलीले यसपटक घरलु कोर्टमा एतिहासिक सफलता प्राप्त गरेको थियो । बीच भलिबल भने सागमा पहिलो पटक समावेश गरिदा त्यसमा पनि महिला टोली कास्य पदक जित्न सफल भएको थियो ।

सागका अघिल्ला दुई संस्करणमा कास्य जित्दाकी कप्तान समेत रहेकी अन्जु श्रेष्ठको पिता लक्ष्मी नारायण स्मृतिमा स्थापित ट्रष्टले खेलाडीको विमा गरेको हो । कोभिड १९ का कारण अन्य क्षेत्र जस्तै खेलाडी प्रभावित भएकोले उनीहरुको मनोबल उच्च राख्नका लागि विमा गरेको श्रेष्ठले बताइन् ।
स्वर्गिय श्रेष्ठ नेपालको प्रथम अन्तर्राष्ट्रिय रेफ्री थिए ।

जापानबाट भलिबल प्रशिक्षण कोर्ष गरेका श्रेष्ठ जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका संस्थापक उपाध्याक्ष र प्रशिक्षक थिए । उनको नाममा स्थापित ट्रष्टले २०६० सालदेखि हरेक वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीलाई समान १० हजार रुपैयाँबाट सम्मान गर्दै आएको छ ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.