default_image

5 years ago

August 10, 2020

बक्सिङको विषयमा राखेपको चासो

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको विवादित विषयमा चासो राखेको छ । राखेपले आन्तरिक विवादमा रुमलिएको बक्सिङका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमिता भएको भन्दै ७ दिन भित्र जवाफ पठाउन पत्र काटेको छ ।

महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग भएको राखेपका संघ संस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले काटेको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ दोषी उपर आवश्यक कार्वाही गरी पाउँ भनि विभन्न ५ बुँदाहरु उल्लेख गरी परिषद् समक्ष निवेदन प्राप्त भएकाले सो सम्बन्धमा के कसो भएको हो ? सो सम्बन्धमा सत्य तथ्य विवरण खुलाई पत्र प्राप्त मिति ७ दिन भित्र परिषद् पठाउन भनिएको छ ।

केहि दिन अघि महासचिव भट्टचार्यले संघको बैठकमा आफुलाई संघका सदस्य दीपक महर्जनले अपमान गरेको भन्दै विज्ञप्ती जारी गरेका थिए । संघका अध्यक्ष अवालले पनि अलग्गै विज्ञप्ती जारी गर्दै भट्टचार्यले भने जस्तो केहि नभएको दाबी गरेका थिए ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

Success

Thank you for your time.