5 years ago
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेत्रहिन क्रिकेट संघले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा नेत्रहीन क्रिकेटको विकासमा महत्त्वपुर्ण योगदान तथा उत्कृष्ट खेल प्रदर्शन आफ्ना तीन खेलाडीलाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट खेलाडी प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको छ ।
ज्योति केसीले संघको लागि स्थापना गरेको १ लाख १० हजार रुपैयाको अक्षय कोसबाट आउने वार्षिक व्याजबाट खेलाडीलाई सम्मान गरेकी हुन् ।
संघले बी–थ्री समूहबाट कप्तान भगवती भट्टराई बराल, बी–टु समूहबाट मनकेशी चौधरी र बी–वान समूहबाट आशा रेग्मी लाई प्रतिभा पुरस्कार र जनही ५ हजार रुपैयाँबाट सम्मान गरेको हो ।
भगवती विगत १४ वर्षदेखि नेत्रहिन क्रिकेटमा संलग्न छिन् । २०१४ मा इंग्ल्यान्डविरुद्धको सिरिज र २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा कप्तानको भूमिका निर्वाह गर्दै दुवै खेलमा नेपाललाई जिताउन सहयोग गरेकी थिइन् ।
मनकेशी चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय किर्तिमान बनाउनुका साथै इंग्ल्यान्डविरुद्धको सिरिजमा र २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज बनेकी थिइन् ।
आशाले पनि १४ बर्ष नेत्रहीन क्रिकेटमा योगदान दिएकी छिन् । उनी पनि पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ द सिरिज समेत हुन सफल भएकी थिइन् । संघले हरेक वर्ष २२ साउनलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]