5 years ago
July 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलीपल्ट बिहीबार राखेप बोर्डमा ६ सदस्य मनोनति भएका छन् ।
३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन् । राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका दुवै जना रिम रानाभाट र इन्दिरा निरौला सदस्य नियुक्त भएका छन् । राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले रहने व्यवस्था गरेको छ ।
राखेपका पूर्व अधिकृत समेत रहेको चितवन २ का रानाभाट र ओखलढुंगा तलुवा १ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञ मध्येबाट मनोनित गरेको मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ । निरौला यसअघि पनि राखेप सदस्य थिइन् ।
त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बाग्लुङ बिहु ४ का सम्पन्न श्रेष्ठ र चितवन भरतपुर १ का सुवास श्रेष्ठ तथा परम्परागत साहकिस तथा पर्यटकीय खेलक्षेत्रको प्रतिनिधित्व हुने गरि गोवन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको जनाएको छ ।
सोमबार मन्त्रीपरिषद्को बैठक शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]